सुनसरीमा झूठो विवरण पेश गरी नेपाली नागरिकता लिने एक भारतीय पक्राउ

<span class='c1'>सुनसरीमा झूठो विवरण पेश गरी नेपाली</span> <span class='c2'>नागरिकता लिने एक भारतीय पक्राउ</span>

इनरुवा माघ १७ , झूठो विवरण पेश गरी नेपाली नागरिकता लिएका एक जनालाई बुधबार जिल्ला अदालत सुनसरीले पुर्पक्षका लागि कारागार पठाइएको छ ।

भारत घर भई सुनसरीको हरिनगर गाउपालिका– ३ गौतमपुरबाट झूठो विवरण पेश गरेर नागरिकता लिएका गुरुदयाल साह भन्ने सन्तोषकुमार साहलाई पुर्पक्षका लागि क्षेत्रीय कारागार झुम्का पठाइएको हो ।

जिल्ला अदालत सुनसरीका न्यायाधीश शङ्करबहादुर राईको इजलासले साहलाई र्पुपक्षका लागि कारागार पठाउने आदेश दिएको हो । साहलाई नागरिकता ऐन २०६३ को दफा २१(१) बमोजिम पुर्पक्षका लागि क्षेत्रीय कारागार झुम्कामा पठाइएको वादी नेपाल सरकारकोतर्फबाट बहस गर्नुभएका अधिवक्ता शङ्करप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्