ज्येष्ठ नागरिक ग्राम स्थापना गर्ने बारेमा विराटनगरमा छलफल शुरु

<span class='c1'>ज्येष्ठ नागरिक  ग्राम स्थापना</span> <span class='c2'>गर्ने बारेमा विराटनगरमा छलफल शुरु</span>

विराटनगर, १९ माघ । विराटनगरमा रहेको एलिड क्लबले ज्येष्ठ नागरीकहरुको व्यवस्थापन तथा प्रदेश स्तरिय ज्येष्ठ नागरिक ग्राम बनाउनु पर्ने विषयमा छलफल थालेको छ । ज्येष्ठ नागरिक जिल्ला संघ मोरङ्गका कोषाध्यक्ष मणिकुमार अज्र्यालले कार्यपत्र प्रस्तुत गरेका थिए ।

ज्येष्ठ नागरिकहरुको लागि पालनपोषण उनिहरुकै सन्तानको पहिलो दायित्व हुने ज्येष्ठ नागरिक ऐनमा उल्लेख रहेको भएपनि वदलिँदो जीवन यापन, विदेशिनेको संख्या वृर्दि, एकल परिवार वा बच्चा बिनाको परिवारको सोच हावी हुँदा जेष्ठ नागरिक ब्यवस्थापन चुनौतिपुर्ण रहेको औल्याए ।
राज्यले दिने सेवा सुबिधा सामाजिक सुरक्षा भत्ताले कहै साकारातमक प्रभाव पारेपनि प्रदेश तहमा ब्यवस्थापनको नीतिगत ब्यवस्था बनाउन बाँकी नै रहेकोले प्रदेशमा जेष्ठ नागरिक ग्राम बनाईनु पर्ने धारणा सहभागीका थियो ।
सहभागीहरुले संघीय रुपमा ज्येष्ठ आश्रम बनाउने लगायतको बिषय उठे पनि यसको कार्यन्वयन हुन नसकेको, ज्येष्ठ नागरीकहरुले पाउने सेवा सुविधाको सहज व्यवस्था हुन नसकेको गुनासो व्यक्त गरेका थिए । मौजुदा ऐन कानुनमा देशमा संचालन हुने ज्येष्ठ नागरिक हेरचाह केन्द्र, दिवा सेवा केन्द्र र चौतारीहरुलाई सरकारले उचित मुल्यांकन, अनुगमन र सुपरिवेक्षण गर्न नसकेकोले हेर्नु पर्नेमा जोड दिए । केही राम्रा प्रयासहरु भएका छन् ति संस्थाहरुको राज्यले पनि उचित सहयोग गर्न नसकेको सहभागीहरुले बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्