विराटनगर, १९ माघ । विराटनगर २ मा रहेको सेन्टमेरिज स्कुलका विद्यार्थीहरुले आफूले कितावमा पढेका शैदान्तिक ज्ञानलाई व्यावहारिक रुपमा प्रयोग गर्दै आफ्नो कला प्रर्दशन गरेका छन् ।
स्कुलमा अध्ययनरत छात्रा विद्यार्थीहरुले फिजिक्स तथा बायोलोजिकल विषय अन्र्तगत विद्यार्थीहरुले विज्ञान प्रदर्शनी गरेका छन् । कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुले विराटनगरलाई चिनाउने विराटनगरको प्रवेशद्धार गेट, विरेन्द्र सभागृह, सहिद रङ्गशाला, भाटभाटेनी, कोशीटप्पु वन्यजन्तु आरक्ष, बातावणिय प्रणाली, सडक दुर्घटना सम्बन्धि जानकारी मुलक सडक लगायत बनाएका थिए ।
विद्यार्थीहरुले बनाएको विज्ञान प्रदर्शनीमा विद्यार्थीका अभिभावकले समेत अवलोकन गरेका थिए । विराटनगरमा २००८ सालदेखी स्थापना भएको स्कुलमा ७ सय ३० जना छात्राहरु अध्ययन गर्दै आएको स्कुलका प्रिन्सिपल सिस्टर दिपा सि.जेले जानकारी दिईन् ।