विराटनगर जुट मिल्सबाट बोरा उत्पादन सुरु

<span class='c1'>विराटनगर जुट मिल्सबाट</span> <span class='c2'>बोरा उत्पादन सुरु</span>

विराटनगर, १९ माघ ।  नेपालको सबैभन्दा पहिलो उद्योग विराटनगर जुट मिल्सले व्यवसायिक रुपमा उत्पादन गरेको जुटका सामग्री बिक्री गर्न थालेको छ। मिल सञ्चालनमा आएको ५ महिनापछि उत्पादन बिक्री भएको हो।  मिलले उत्पादन गरेको १५ टन ‘सुतली’ बिक्री गरेको विराटनगर जुट मिल्सका अध्यक्ष बसन्त वनले जानकारी दिए। जुट मिल्स सञ्चालनमा आएपछि उत्पादन गरेको ७२ इन्चको ४० टन सुतली मध्ये १५ टन सुतली बिक्री गरेको हो। ‘अहिले हामीले २ प्रकारको सुतली उत्पादन गर्दै आएका छौं’ अध्यक्ष वनले भने, ‘७२ इन्चको १४ पाउण्डको र ९० इन्चको सुतली उत्पादन भएको छ।’ जसमध्ये ७२ इन्चको सुतली स्वदेशमै बिक्री स्वदेशमै भएको छ भने बाँकी बजारमा पठाउने तयारी भइरहेको छ। मिल्सले उत्पादन गरेको ९० इन्चको सुतली भारतमा पठाउने मिलको तयारी छ।

९० इन्चको सुतलीको माग स्वदेशमा नरहेकोले भातमा पठाउन लागिएको हो। मिल्सले ७२ इन्चको ‘सुतली’ प्रतिकिलो ८२ रुपैयाँले बिक्री गरेको छ। मिल्सले उत्पादन गरेको ९० इन्चको सुतली १५ ट्रन र ७२ इन्चको २५ ट्रन सुलती गोदाममा छ। पछिल्लो पटक जुट मिल्स संचालनमा आएपछि जुटको ‘सुतली’ पछि बोराको उत्पादन पनि सुरु गरिएको छ। उद्योगले शनिबारसम्म १० टन बोरा उत्पादन गरेको जनाएको छ।  सुतली प्याकिङको लागि बोरा उत्पादनपछि बिक्री गर्न विभिन्न साइजको बोरा उत्पादन हुन थालेको मिल व्यवस्थापनले जनाएको छ। मिल्सका गुणस्तर नियन्त्रक सुचेन्द्र झाका अनुसार अहिले १०० किलो तौल र ५० केजी तौल क्षमताको बोरा मिलले उत्पादन गरिरहेको छ।

मिलमा यतिबेला २०० वटा लुम सञ्चालनमा रहेका छन्। थप ७० लुम छिट्टै चलाउने मिलको तयारी छ।  विराटनगर जुट मिल्स भदौ २६ गतेबाट परीक्षण उत्पादन सुरु गरेको हो। विवाद र किचलोले बर्वाद बनाएको नेपालको पहिलो उद्योग सुतली र बोरा उत्पादन गर्दै तङ्ग्रेको छ। जुट मिल्स बि.सं. १९९३ असार ३० गते स्थापित भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्