सुनसरी माघ २० , महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठान र जगतगुरु श्रीरामानन्दाचार्य सेवापीठको आयोजनामा सुनसरीको चतराधाममा माघ २६ देखि मुलुकमै पहिलोपटक श्रीराम तारकब्रह्म महायज्ञ सञ्चालन हुने भएको छ । नौ दिनसम्म सञ्चालन हुने महायज्ञको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने आयोजकले जनाएको छ ।