विराटनगरको पुसेटमा लापरवाही, काउन्सिलको स्वीकृती नलिई पढाउँदा बिद्यार्थीलको भविश्य अन्योल

<span class='c1'>विराटनगरको पुसेटमा लापरवाही, काउन्सिलको स्वीकृती</span> <span class='c2'>नलिई पढाउँदा बिद्यार्थीलको भविश्य अन्योल</span>

विराटनगर, २० माघ । पूर्वाअञ्चल विश्व विश्वविद्यालयको एक मात्र आङ्गिक क्याम्पस स्कुल अफ ईन्जिनियरिङ कलेज पुसेटका विद्यार्थीहरु ४ दिनदेखी रिले अनसनमा छन् । विश्व–विद्यालयले ५ वर्षदेखि सञ्चलनमा रहेर काम गरिरहेको भएता पनि अझै सम्म पुसेट कलेजले ईन्जिनियरिङ काउन्सिलमा दर्ता नगरेको भन्दै विद्यार्थीहरु ३ दिनदेखि हात र टाउकोमा कालो पट्टी बाधेर रिले अनसनमा बसेका छन् ।

कलेजमा अध्ययनरत विद्यार्थीहरुले काउन्सिलको मापदण्ड अनुसार दर्ता हुनु पर्ने, पुर्वधार तयार हुनुपूर्व परिक्षा शुल्क मात्र तिरेर परिक्षा फर्म भर्न पाउनुपर्ने , पठन पाठन हुनुपर्ने जस्ता माग अघि सारेका छन् । माघ १७ गतेदेखि रिले अनसनमा बसेका बिद्यार्थीहरुले माग पुरा नहुँदासम्म आन्दोलन जारी राख्ने जनाएका छन् । आफूहरुको माग पुरा नभए आमरण अनसन समेत बस्ने विद्यार्थीहको चेतावनी छ । सङघर्ष समितिका संयोजक विशाल धामीले कजेलमा भएको ब्यथितिको बिरुद्धमा आन्दोलन गर्नु परेको बताए ।
कलेजमा २०७० सालदेखि संचालनमा ल्याएको सिभिल ईन्जिनियरिङ्गका ४८ जना विद्यार्थीले परिक्षा दिएका थिए । पहिलो व्याजका विद्यार्थीहरु मध्ये ७ जना पास पनि भएका छन् तर काउन्सिलमा दर्ता नभएका कारण पास भएको सर्टिफिकेट काम नै नलाग्ने अबस्थाको रहेको बिद्यार्थी श्याम नारायण यादवले गुनासो गरे । ‘हामी यतिबेला पास भएको सर्टिफिकेट हातमा भएर पनि सरकारी लोकसेवाको लागि फर्म भर्न पाएका छैनौ, उनले भने ।’
बिद्यार्थीहरुले ठुला लगानी गरेर सिभिल ईन्जिनियरिङ पास गरेका बिद्यार्थीहरु नै घरको न घाटको अवस्थामा पुगेको गुनासो गर्दै आएका छन् । बिद्यार्थीले कलेजले मागको सुनवाई नगरे शसक्त आन्दोलन गर्ने चेतवनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्