विवाहअघि नै शिशुको जन्म, युवकले स्वीकारे युवती र छोरी

<span class='c1'>विवाहअघि नै शिशुको जन्म, युवकले</span> <span class='c2'>स्वीकारे युवती र छोरी</span>

इलाम, २० माघ । इलाम अस्पतालमा आइतबार बिहान अविवाहित युवतीले जन्म दिएकी शिशुको बुवाले आमा र बच्चा दुवैलाई स्वीकार गरेका छन् । बच्चा जन्मिएपछि युवतीलाई बाबु को हो भनी सोधीखोजी गर्दा देउमाई नगरपालिका शिद्धिथुम्काका सुमन ल्वागुन रहेको बताएकी थिइन् ।

सुमनले पहिले भने आफूलाई लगाएको आरोप झुटो भएको बताएका थिए । तर विगत केही महिनाअघि मानव अधिकार मञ्च इलाममा कामसमेत गरेका सुमनसँग गएको चैत महिनामा चिनजान भएको युवतीले बताएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।  प्रहरीका अनुसार, चिनजानपछि सामाजिक सञ्जालमा कुराकानी हुने क्रम बढेर गएको र  वैशाखमा अध्ययनका लागि इलाम सदरमुकाम आएको समयमा शारीरिक सम्बन्ध भएको शिशुकी आमाले जिकीर गरेकी थिइन् ।

अस्पतालको शैयामा रहेकी आमा सुनुवारले ल्वागुन नै रहेको बताएपछि आरोपित ल्वागुनले समेत दुई जना बीच शारीरिक सम्बन्ध भएको स्वीकार गर्दै आमा र बच्चा जिम्मा लिन राजी भएका हुन्  ।  सन्दकपुर गाउँपालिका–३, की १९ वर्षीया बालिका सुनुवारले आइतबार बिहान साढे दुई बजे इलाम अस्पतालको शौचालयमा  छोरीलाई जन्म दिएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्