जहदामा स्वास्थ्य शिविरमा १५५ जनाले स्वास्थ्य लाभ लिए

<span class='c1'>जहदामा स्वास्थ्य शिविरमा १५५</span> <span class='c2'>जनाले स्वास्थ्य लाभ लिए</span>

विराटनगर, २१ माघ । जहदा गाउपालिकामा स्वास्थ्य शिविर सम्पन्न भएको छ । बुधनगर १ मा रहेको प्रगति नेपाल क्लबले आयोजना गरेको निशुल्क स्वाथ्य शिविरलाई जहदा गाउपालिका वडा नं.२ भातिगछले समन्वय गरेको हाे । भातिगछमा रहेको सन्थाल आधारभूत विद्यालयमा शनिबार भएको स्वास्थ्य शिविरमा स्थानिय १ सय ५५ जनाले स्वास्थ्य लाभ लिएका थिए । स्वास्थ्य शिविरलाई बिराटनगर आँखा अस्पतालले प्राविधिक सहयोग गरेको थियो ।

शिविरमा ४३ जनाको कान र १ सय १२ जनाले आँखा जाँच गराएका थिए । आँखा जाँच गर्दा ६५ जनामा मोतियाबिन्दु भएको पाइएको थियो । मोतियाबिन्दु भएका बिरामीलाइ बिराटनगर आँखा अस्पतालले निशुल्क जाँच तथा शल्यक्रियाको सेवा प्रदान गरेको प्रगाती नेपालका अध्यक्ष जगरनाथ रायले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्