कटहरी गाउँपालिकाले जनताको गुनासा र समस्या नसुनेको आरोप

<span class='c1'>कटहरी गाउँपालिकाले जनताको गुनासा</span> <span class='c2'>र समस्या नसुनेको आरोप</span>

विराटनगर, २१ माघ ।
सेवा प्रवाहसम्बन्धी सूचनामा स्थानीयबासीको पहुँचलाई सहज बनाउन मोरङ कटहरीका बासिन्दाले आग्रह गरेका छन् । कटहरी गाउँपालिकाले वडा नम्बर १ खोरियामा आयोजना गरेको सार्वजनिक सुनवाई कार्यक्रममा सहभागी स्थानीयले गाउँपालिका प्रमुखसहित जनप्रतिनिधि समक्ष यस्तो आग्रह गरेका हुन् । उनीहरुले गांउपालिकाद्वारा प्रवाह हुने सेवासहित विकास निर्माण र विभिन्न कार्यक्रमहरुको विषयमा सहजरुपले जानकारी पाउन नसकेको गुनासो गरेका थिए ।

स्थानिय जेएम युवा क्लबका अध्यक्ष सत्यनारायण माझीले सचेतनामुलक र स्वास्थ्यसँग सम्बन्धित कार्यक्रम बनाउँदा स्थानिय क्लबहरुलाई प्राथमिकतामा राख्नुका साथै केन्द्रीय भुमिका दिनुपर्ने माग गरे । स्थानिय बसन्त राजवंशीले विकास निर्माणका भइरहेका कामहरुप्रति चासो राख्दा समेत ठेकेदार पक्ष र जनप्रतिनिधिहरुले जानकारी दिन नचाहेको गुनासो गरे ।
कार्यक्रम सहभागी अन्य वक्ताहरुले विराटनगर हुंदै कटहरीसम्म निर्माण गर्न लागिएको रेल्वे ट्रयाक निर्माणको क्रममा अधिग्रहण गरिएकोे जग्गामा मुआब्जा दिने क्रममा भेदभाव गरिएको, सर्वसाधारणका लागि सहज स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्ने, विद्यालयहरुको पठपाठनलाई थप प्रभावकारी बनाउनुपर्ने लगायतका माग राखेका थिए । सहभागीको जिज्ञासाको जवाफ दिनुहुंदै गाउँपालिकाका प्रमुख रामकुमार कामतले गाउँपालिकाको चौतर्फी विकासका निम्ति ठोस योजना बनाएर काम गरिरहेको बताए ।
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेशबहादुर कार्कीले स्थानियका गुनासाहरु लिपीबद्ध गरिएको र क्रमिकरुपमा समाधान गर्दै जाने बताए । कार्यक्रममा गांउपालिकाका उपप्रमुख मन्जिता सरदारसहित विभिन्न वडाका वडाध्यक्ष र सर्वासधारणको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्