आज विश्व क्यान्सर दिवस मनाइँदै

<span class='c1'>आज विश्व क्यान्सर</span> <span class='c2'>दिवस मनाइँदै</span>

काठमाडौ, माघ २१।

पछिल्लो समय नेपालमा क्यान्सर भयावह रुपमा देखापर्न थालेको छ । सार्क फेडरेसन अफ अंकोलोजिस्ट नेपालका अध्यक्ष वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. राजेन्द्र प्रसाद बरालले नेपालमा दैनिक रुपमा क्यान्सरका बिरामी बढीरहेको बताउनुभयो । पछिल्लो समय नेपालमा पुरुषमा फोक्सो र महिलालाई पाठेघरको क्यान्सर अत्यधिक मात्रामा देखापर्ने गरेको जानकारी दिदै उहाँले सुरुमै क्यान्सर रोग पत्ता लगाउन सके क्यान्सरलाई जित्न सकिने बताउनुभयो ।
पहिले–पहिले ‘क्यान्सर नो एनसर’ भन्ने चलन थियो, डा बरालले भन्नुभयो, “अहिले क्यान्सर रोग लागेका धेरै बिरामीले क्यान्सरलाई जितेर सहज जिवनयापन गरीरहनुभएको छ ।”

भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा. ऋषिकेश नारायण श्रेष्ठले नेपालमा क्यान्सर रोग भयावह स्थितिमा देखा परीरहेको बताउनुभयो । क्यान्सरको रोकथामका लागि नेपालमा राज्य र व्यक्ति दुवैको उत्तिकै भूमिका रहे पनि त्यो भूमीका निर्वाह गर्न नसकेको बताउनुभयो । सरकारले क्यान्सर सम्बन्धी नीति ल्याउनुपर्ने भन्दै उहाँले क्यान्सर लागेकालाई एक लाख रुपियाँ दिएर क्यान्सर न्युनीकरण गर्न नसकिने धारणा व्यक्त गर्नुभयो ।

नेपालमा क्यान्सर सम्बन्धी उपचार हुने सबै अस्पतालमा फोक्सो, मुख , घाँटी, पाठेघर र स्तनको क्यान्सर बढीरहेको जानकारी दिदै क्यान्सर रोग विशेषज्ञ डा। श्रेष्ठले क्यान्सरलाई रोकथाम गर्न राज्यको पहिलो प्राथमिकता हुने बताउनुभयो ।
अहिले नेपालमा प्रमुख क्यान्सरको रुपमा फोक्सो देखिएको छ । नेपालमा फोक्सो, पेट, आमासय, मुख, पाठेघरको मुख, प्रोस्टेट, स्तनको क्यान्सर बढी हुन्छ । त्यसमा पनि महिलामा पाठेघरको क्यान्सर र पुरूषमा फोक्सोको क्यान्सर सबैभन्दा बढी छ । भक्तपुर क्यान्सर अस्पतालले दिएको जानकारी अनुसार गत वर्ष बहिरङ्ग सेवा ओपीडी०मा ७७ हजार बिरामी आएका मध्ये तीनहजार चारसय १२ जनामा क्यान्सर देखिएको थियो ।

अस्पतालका निर्देशक डा. श्रेष्ठले २० जनासम्म नयाँ रोगी पत्ता लाग्ने गरेको बताउनुभयो । उहाँले हप्तामा तीनदेखि पाँच जना क्यान्सरका बिरामीको अस्पतालमा मृत्यु हुने गरेको छ । नेपालमा वर्सेनि ४० हजार नयाँ क्यान्सर रोगी थपिने चिकित्सकहरूको अनुमान छ ।

तर ती मध्ये मुस्किलले १० प्रतिशत मात्र उपचारका लागि अस्पतालमा पुग्ने गरेका छन् । क्यान्सर रोग विशेषज्ञ डा।सुदीप श्रेष्ठले क्यान्सरलाई रोक्न जनचेतना बढाउनु पर्नेमा जोड दिनुभयो । उहाँले अहिले पनि चेतनाको अभाव र गरिवीका कारण ९० प्रतिशत क्यान्सर रोगी अस्पतालसम्म आउन नसकेको उहाँको भनाई छ ।
नेपालमा हाल जनसंख्याको आधारमा करीव ६५ हजार क्यान्सर रोगी छन् । विश्व स्वास्थ संगठनका अनुसार विश्वमा नसर्ने रोगको प्रकोप बढीरहेको छ ।
नसर्ने रोगमा क्यान्सर, मुटुरोग, मृगौला रोग, मधूमेह, उच्च रक्तचाप प्रमुख हुन् । यी रोग खानपान, रहनसहन, जीवनशैली र वातावरणका कारणले हुन्छ ।

श्रेष्ठले क्यान्सर रोग विकशित मुलुकबाट अविकशित मुलुकमा देखा पर्दै गएको बताउनुभयो ।
चिकित्सकले धुम्रपान तथा सूर्तिजन्य पदार्थको प्रयोग नै क्यान्सर रोगको प्रमुख कारण रहेको बताउँदै आएका छन् । क्यान्सर रोग विशेषज्ञ डा। सुदीप श्रेष्ठले सूर्तिजन्य पदार्थको सेवनबाट टाढा रहेमा क्यान्सरबाट हुने एकतिहाइ मृत्युलाई रोक्न सकिने बताउनुभयो ।
विश्व स्वास्थ्य संगठनले करिब ४५ प्रतिशत क्यान्सर रोकथाम गर्न सकिने, एक तिहाइ क्यान्सर उपचारबाट निको बनाउन सकिने र बाँकी बिरामीलाई पनि उपचारबाट आरामदायी आयु लम्ब्याउन सकिने जनाएको छ । तर यसका लागि समाजका सबै वर्गलाई परिचालन गरी क्यान्सर नियन्त्रणका प्रभावकारी उपाय अपनाउन आवश्यक छ ।

श्रेष्ठले मानव शरिरमा करोडौं साना साना कोषिका हुने बताउनुभयो । तीमध्ये कतिपय कोष दैनिक मर्ने र नयाँ बन्ने गर्दछन् । यसरी प्रत्येक दिन बन्ने नयाँ कोषिका मानिसको जीनद्वारा नियन्त्रित हुन्छन् ।
तर प्रतिकूल अवस्थामा यिनै कोषिकाको बृद्धि असामान्य हुन पुग्छ । यस्ता कोषिका बिस्तारै साना साना गिर्खा ९ट्यूमर० को रुपमा परिणत हुन्छन् । यस्ता गिर्खा दुई प्रकारका हुन्छन् । शरीरलाई हानी गर्ने र नगर्ने । शरिरलाई हानी पु¥याउने गिर्खा एक स्थानबाट अर्को स्थानमा सर्ने गर्दछन् । यिनै शरीरलाई हानी गर्ने गिर्खालाई नै क्यान्सर भनिन्छ ।
विभिन्न अनुसन्धानले ९० प्रतिशत क्यान्सरको प्रमुख कारण धूम्रपान, सूर्ति, अस्वस्थकर खानपान, रहनसहन र वातावरणीय प्रभाव रहेको देखाएको छ । १० प्रतिशत क्यान्सर भने शरीरको आन्तरिक कारणले हुन्छ । यसका साथै विकिरण, ब्यवसायीक प्रदूषण, भाइरस, परजीवी, सरसफाइमा कमी, बंशाणुगत कारण, शारीरिक दुर्वलतालाई पनि क्यान्सरका कारणका रुपमा लिइएको छ ।

क्यान्सरका लक्षणहरूमा स्वर परिवर्तन हुनु, दुब्लाउदै जानु, शरीरमा गाँठागुठी वा गिर्खा देखिनु, भोक नलाग्नु, कोठी वा मुसाको आकार देखापर्नु, धकाई बढी लाग्नु , लामो समयसम्म घाउ निको नहुनु, लगातार खोकी लाग्नु, महिनावारी हंँदा रगत बढी जानु जस्ता लक्षण क्यान्सर रोगका लक्षण हुन् ।
नेपाल अवुूद रोग निवारण सस्थाका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठले धूम्रपान त्याग्ने, जीवनशैली परिवर्तन, सन्तुलित खानपान र शारिरीक ब्यायाम भएमा क्यान्सरबाट बच्न सकिने बताउनुभयो ।

यसैबीच सोमबार विश्व क्यान्सर दिवस मनाइँदैछ । हरेक वर्ष फेब्रुअरी ४ तमा विश्व क्यान्सर दिवस मनाउने गरिन्छ । म हुँ र म गर्छु भन्ने मुल नाराकासाथ यो वर्षको विश्व क्यान्सर दिवस मनाउन लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्