विराटनगरमा ‘एनआईसी एशिया रन फर हेल्थ’ दौड प्रतियोगिता सम्पन्न

<span class='c1'>विराटनगरमा ‘एनआईसी एशिया रन फर</span> <span class='c2'>हेल्थ’ दौड प्रतियोगिता सम्पन्न</span>

बिराटनगर माघ २१ , एन आई सी एशिया बैंक लिमिटेडले विराटनगरमा ‘एनआईसी एशिया रन फर हेल्थ’ दौड प्रतियोगिता सम्पन्न गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत विराटनगर प्लाटिनम राउन्ड टेबल ११ र विराटनगर लेडिज सर्कल–५ को सहकार्यमा “एन आई सी एशिया रन फर हेल्थ” दौड प्रतियोगिता सम्पन्न गरेको हो ।

विराटनगर–शंकरपुर स्थित जनता नमुना उच्च माध्यामिक विद्यालयमा आयोजना गरिएको “एन आई सी एशिया रन फर हेल्थ” दौड प्रतियोगितामा विराटनगरका विभिन्न कलेजहरुको सहभागिता थियो । राष्ट्रिय अर्वुदरोग निवारण दिवसको पूर्वसन्ध्यामा अर्वुद रोगको विषयमा सर्वसाधारणमा जनचेतना जगाउन सचेतना मूलक उक्त दौड कार्यक्रमको आयोजना गरीएको कार्यक्रममा संयोजक विकास बेगबानीले बताए ।

५ किलोमिटर दुरीको सो प्रतियोगितात्मक दौडमा करिव १ हजार जना युवायुवतीहरुले सहभागिता जनाए । नेपाल सरकार प्रदेश नं. १ का संघीय संसदका सांसद मोती दुगड र विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले उद्घाटन गरेको उक्त कार्यक्रममा चर्चित नायिका केकी अधिकारी र रिचा शर्मा अतिथिको रुपमा सहभागी भएका थिए । 

प्रतियोगितामा छात्रतर्फ सिटि कलेज विराटनगरका सुम्रित यादव प्रथम, मेरील्याण्ड कलेजका समिर क्षेत्री दोश्रो र नगरग्राम उच्च माविका चिर्पा शेर्पा तेश्रो भएका थिए भने छात्रा तर्फ अर्किड कलेजकी ज्योति त्रिताल प्रथम, सिटि कलेजकी श्रीसन घिमिरे दोश्रो र अर्किड कलेजकी रंजिता माझी तेश्रो भएकी थिईन । बैंकले प्रथम, दोश्रो तथा तेश्रो हुनुहुने खेलाडीहरुलाई पुरस्कार स्वरुप क्रमशः ३२ इन्चको टेलिभिजन, माइक्रोवेभ ओभन र भ्याकुम क्लिनर प्रदान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्