घाम संगै अस्ताउछ संखुवासभामा टेलिफोन सेवा, चिनिया सिमकार्ड बाेक्न वाध्य

<span class='c1'>घाम संगै अस्ताउछ संखुवासभामा टेलिफोन</span> <span class='c2'>सेवा, चिनिया सिमकार्ड बाेक्न वाध्य</span>

संखुवासभा, २१ माघ । घाम अस्ताए संगै दुर्गमका टेलिफोन सेवा अस्ताउने गरेका छन् । विद्युत् विस्तार नभएका कारण दुर्गममा रहेका सात वटा विटिएस टावर मार्फत हुने सेवा घाम अस्ताए संगै वन्द हुने गरेको छन् । संखुवासभाका दुर्गम गाउँहरुमा रहेको नेपाल टेलिकमको विटिएस टावर अझै सोलारपावरको भरमा चलिरहेका छन् ।
संखुवासभामा इन्टरनेटको त कुरै छाडौ, घाम नलाग्दा फोन सम्पर्क समेत गर्न पाइदैन ।

उत्तरी क्षेत्रमा विद्युत् लाईन नहुदाँ नेपाल टेलिकमका मोवाईल प्रयोग गर्ने ग्राहकहरुले मौसमको भरमा सेवा पाउने गरेका छन् । दिनभर घाम लागेन भने सोलार चार्च हुन्न । सेवाग्राही मोवाईल सेवा पनि बन्द हुन्छ । वेलुकी घाम अस्ताए पछि विहान ९ बजेसम्म त्यसभेगका नागरिक सञ्चारसम्पर्कवाट टाढै रहन्छन् । त्यति मात्र होइन केहिलेकाँही त दुई चार दिन सम्म पनि घाम लाग्दैन । घाम नलागुन्जेल सञ्चारवाटै टाढै रहनुपर्ने वाध्यता छ ।

चिनिया सिमकार्ड बाेक्न वाध्य

उत्तरी क्षेत्र किमाथांका नाकामा रहेको टावर मार्फत २४ सै घण्टा सेवा प्रवाह नहुने भए पछि किमाथांकावासी छिमेकी देश चिनको सिमकार्ड प्रयोग गर्न बाध्य छन् । सोलारका भरमा रहेका विटिएस टावरहरु रहेको स्थानमा व्याट्री पुरानो भएकाले पनि समस्या भएको नेपाल टेलिकम खाँदबारी शाखाका प्रमुख राधारमण भट्टराइले जानकारी दिए । भोटखोला गाउँपालिकाको किमाथांकामा रहेको टावर प्रत्यक्ष भिसेट (स्यार्टलाईट) मार्फत सञ्चालनमा रहेको शाखाका प्रमुख राधारमण भट्टराइले जानकारी दिए । जिल्लामा करिब ७ स्थानका टावर मार्फत एनसिएल कम्पनीले मोवाइल सेवा प्रबाह गरिरहेको छ । खाँदबारी शाखाले भोजपुर सहित १७ स्थानबाट सञ्चार सेवा प्रबाह गरिएको छ ।

शाखाले जिएसएम ८, सिडिएमए ५ र ल्याडलाईन सेवा ५ स्थानबाट सञ्चालन गरिरहेको छ । खाँदबारीशाखा बाटै भोजपुरका षडानन्द नगरपालिकाको दिङ्लामा ल्याण्डलाईन सेवा, षडानन्दकै झ्याउँपोरी र साल्पासिलिछो गाउँपालिकाको कुलुङ्मा जिएसएम सेवा प्रदान गरेको छ । शाखाले १९ सय २ बाट ल्याण्डलाईन फोन वितरण गरेको छ । सबैभन्द धेरै खाँदबारीमा १ हजार १ सय ८० जना ग्राहक रहेका छन् । ल्याण्डलाईन वितरण भएको स्थानहरु शाखाले एडिएसएल सेवा समेत वितरण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्