ट्याक्टर सदुर्घटनामा चालक र सह-चालक घाइते

<span class='c1'>ट्याक्टर सदुर्घटनामा चालक</span> <span class='c2'>र सह-चालक घाइते</span>

उदयपुर, २१ माघ । उदयपुरको कटारी नगरपालिका-१ बेलस्रोतमा   ट्याक्टर दुर्घटना हुँदा चालक र सह-चालक घाइते भएका छन् । भित्री सडक खण्डमा बालुवा बोकेर बेलस्रोत खोलाबाट कालीखोला तर्फ जाँदै गरेको  ना ४ त ८७३८ नम्बरको ट्याक्टर उकालो चढ्ने क्रममा अचानक ब्रेकफेल भई सडकबाट ७ मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा परि सोही ट्याक्टरका चालक उदयपुर कटारी नगरपालिका-१ बस्ने बर्ष ३० को प्रेम माझी र सह-चालक सिन्धुली दुधौली नगरपालिका-४ घर भई हाल बेलस्रोतमा डेरा लिई बस्ने  बर्ष २८ को रञ्जित सदा  घाइते भएका थिए । घाइते दुवैलाई उपचारको लागि विराटनगर स्थित न्यूरो अस्पतालमा उपचार भईरहेकाे जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्