महेन्द्र मोरङ क्याम्पसमा फेरी तोडफोड, सामान्य बिषयमा क्याम्पस निशानामा (भिडियाे सहित)

<span class='c1'>महेन्द्र मोरङ क्याम्पसमा फेरी तोडफोड, सामान्य</span> <span class='c2'>बिषयमा क्याम्पस निशानामा (भिडियाे सहित)</span>

विराटनगर २१ माघ ।
विराटनगरमा रहेको महेन्द्र मोरङ आर्दश बहुमुखी क्याम्पस पछिल्लो समय बिद्यार्थीको उदण्डताका कारण तोडफोडको निसानामा परेको छ । एउटा शैक्षिक संस्थामाथि त्यहीँ भित्रका एक पछि अर्को संगठनको नाममा भौतिक संरचना तोडफोड गर्ने परिपाटीले शैक्षिक क्षेत्र नै जर्जर बन्दै जान थालेको छ ।

केही दिन अघि मात्र सबै बिद्यार्थी संगठनको मिलेमतोमा क्याम्पस प्रमुखलाई थुन्ने देखि क्याम्पसमा तालाबन्दी गर्नेसम्मको काम गरेका बिद्यार्थी नेताहरुले आज फेरी क्याम्पसको ब्यवस्थापन संकायको कार्यालयमा तोडफोड गरेका छन् । स्वतन्त्र विद्यार्थी युनियको निर्वाचनको मुखमा आएर बिद्यार्थी संगठनहरु उदण्डता बढ्न थालेको सोही क्याम्पसमा अध्ययन गर्दै आएका बिद्यार्थीहरु बताउँछन् ।
सोमबार पनि कलेजमा विभिन्न विद्यार्थी संगठनका कार्यकर्ताहरुले ब्यवस्थापन संकायका शाखा अधिकृत हरि तिम्सिनाको कार्यकक्षमा तोडफोड गरेका हुन् । विद्यार्थी सङ्गठनहरुले अनेरास्ववियुका अध्यक्ष नविन पहाडीलाई अन्तरवार्तामा प्रवेश गराएको आरोप लगाएका छन् ।
नेविसंघको पौडेल समुह, राजपा, समाजवादी र नयाँ शक्ति पाटीका भातृ संगठनका विद्यार्थीहरु तोडफोडमा उत्रिएका हुन् । क्याम्पसले प्रदान गर्दै छात्रवृत्तिको आन्तरिक अन्तरवार्तामा विद्यार्थी नेता प्रवेश गरेको भन्दै विरोध स्वरुप क्याम्पसमा तोडफोड गरिएको नेविसंघका ईकाई कमिटी सभापती जसवन्त पौडेलले बताए ।
तर अनेरा स्ववियुका अध्यक्ष नविन पहाडीले भने कुनै अन्तरवार्तामा सहभागी हुन नगएको बताएका छन् । नेविसंंघका केही अराजक नेताहरुले क्याम्पसका बिद्यार्थीलाई क्इाम्पसमा भर्ना नै नगरी अन्तरवार्तामा सहभागी गराउन लागेको थाहा पाएपछि आफु बाध्यात्मक अबस्थामा त्यहाँ पुगेको प्रतिक्रिया दिए । ‘एउटा क्याम्पसको जिम्मेवार बिद्यार्थी संगठनको नेता भएको नाताले क्याम्पसमा हुने हरेक गतिबिधिमा आफ्नो निगरानी हुने भएको हुँदा त्यही क्रममा म त्यहाँ पुगेको हुँ, उनले भने, ‘यस्ता विषयमा नचाहिँदा प्रचार गरेर क्याम्पसको भौतिक सम्पतिमा आक्रमण गर्नु ज्यादती हो ।’

भिडियाे यस्नाे

https://www.facebook.com/ourbrt/videos/671053189999659/?eid=ARDFa-nntYuwBM0SIcFd8E_uYJHy_yfD3jkqYiSCJ2fuKXP6HcfJFS9MaCpVSmRgT9bjaJEqUrFjQhNy

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्