विराटनगरको गुरुकुलमा आजदेखि ‘मुनामदन’ मञ्चन हुँदै

<span class='c1'>विराटनगरको गुरुकुलमा आजदेखि</span> <span class='c2'>‘मुनामदन’ मञ्चन हुँदै</span>

विराटनगर, २२ माघ ।
विराटनगरस्थित आरोहरण गुरुकुलमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको चर्चित कृति ‘मुनामदन’मा आधारित नाटक मञ्चन हुने भएको छ ।

गुरुकुलको सुशीला कोइराला नाटकघरमा आजदेखि नाटक मञ्चन हुन लागेको हो ।  आजदेखि फागुन २ गतेसम्म हरेक दिन दुई शो मञ्चन गरिनेछ । मुनामदनको नाट्य रुपान्तरण भने युवासाहित्यकार कट्वाल दीपकले गरेका छन् । विराट आदर्श साहित्य मञ्चनको आयोजनामा हुने नाटकको बुकिङ धमाधम भइरहेको आयोजकको भनाइ छ ।
कलेज र विद्यालयहरुले अग्रिम शो बुकिङ गरिरहेको मञ्चका प्रमुख सल्लाहकार मीनकुमार नवोदितले जानकारी गराए । नाटकका सबै कलाकार विद्यार्थी हुन् । युवापुस्तालाई सिर्जनात्मक गतिविधिमा संलग्न गराउँदै सकारात्मक सोच र असल नागरिक बन्न प्रेरित गर्दै आएको छ मञ्चले । मञ्चनमा मोरङका विभिन्न कलेजमा अध्ययनरत विद्यार्थी आबद्ध छन् । नाटकमा तिनै विद्यार्थीले अभिनय गर्नेछन् । नाटकको निर्देशन सविन कट्टेलले गरेका छन् । यो नाटक गत वर्ष पनि गुरुकुलमा एक हप्ताभन्दा बढी मञ्चन भएको थियो । त्यसपछि काठमाडौंको शिल्पी थिएटर र मोरङको विराट चोकमा पनि एक–एक हप्ता मञ्चन गरिएको थियो ।
देवकोटाको सबैभन्दा चर्चित र लोकप्रिय कृति हो मुनामदन । ‘आफ्ना सबै कृति जलाइदिए पनि मुनामदन चाहिं नजलाउदिनू’ भनेर देवकोटाले प्राण त्यागेका थिए । ‘यो नाटकले दर्शकको मन मात्रै जित्दैन मनसमेत पगाल्छ, युवासाहित्यकार समेत रहेका प्रमुख सल्लाहकार नवोदित भन्छन्, ‘नेपालीको आर्थिक, सामाजिक र सांस्कृतिक पक्षलाई पनि नाटकले बलियोसँग उजागर गरेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्