चुरोटको ठुटोबाट सल्किएको आगोले वृद्धाको मृत्यु

<span class='c1'>चुरोटको ठुटोबाट सल्किएको</span> <span class='c2'>आगोले वृद्धाको मृत्यु</span>

म्याग्दी, २२ माघ ।  चुरोटको ठुटोबाट सल्किएको आगोले म्याग्दीको मालिका गाउँपालिका ४ च्युरीबोटमा एक वृद्धाको मृत्यु भएको छ। चार दिनअघि आगोले जलेर घाइते भएकी ८४ वर्षीया फुलमाया घर्तीमगरको उपचारका क्रममा मृत्यु भएको हो।

पोखराको गण्डकी अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको म्याग्दीका प्रहरी नायव उपरीक्षक वीरबहादुर बुढाले जानकारी दिए।

प्रनाउ बुढाका अनुसार माघ १९ गते घरको पिढीमा बसेर चुरोट सेवन गर्ने क्रममा चुरोटको ठुटोको आगो कपडामा सल्किएर घर्ती घाइते भएकी थिइन्।

छातीदेखि माथिल्लो भाग जलेर घाइते भएकी उनलाई दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि पोखरा पठाइएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्