जल तथा मौसम विज्ञान महाशाखाका अनुसार देशका मध्य र पश्चिमका अधिकांश स्थानमा पूर्ण बदलीसहित वर्षा र उच्च पहाडी लगायत हिमाली भेगमा हिमपात भइरहेको छ । आज देशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ । बदलीको र वर्षाको क्रम भोलि पनि रहने जनाइएको छ । पर्सिबाट पश्चिमी भेगमा सुधार हुने र मध्य तथा पूर्वमा आइतबारबाट खुल्ने जनाइएको छ ।
यसैगरी, आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहने र देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र केही स्थानमा भारी वर्षाको समेत सम्भावना देखिएको जनाइएको छ ।
देशको उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भेगको थोरै स्थानहरुमा भारी हिमपातको पनि सम्भावना रहेको जनाइएको छ्र ।
त्यस्तै भोलि दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहने जनाइएको छ । त्यस्तै, देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षा र केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको जनाइएको छ ।
देशको उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संम्भावना रहेको र उच्च पहाडी तथा हिमाली भेगको केही स्थानहरुमा भारी हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्यस्तै भोलि राति देशभर सामान्य बदली रहने तथा देशका केही स्थानहरुमा हल्का देखि मध्यम बर्षाको सम्भावना रहेको जनाइएको छ । साथै पूर्वी भेगका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको र देशको उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यसैगरी शनिबार दिउँसो देशको पश्चिमी भेगमा आंशिक बदली रहने र मध्य तथा पूर्वी भेगमा सामान्य बदली रहने जनाइएको छ । मध्य र पूर्वको केही स्थानमा हल्का वर्षा रहने जनाइएको छ । देशको मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्यसैगरी, शनिबार देशको मध्य र पूर्वी भेगमा आंशिकदेखि सामान्य बदली रहने र पश्चिमी भेगमा सामान्यतया सफा रहने जनाइएको छ । मध्य र पूर्वको केही स्थानमा हल्का वर्षा हुने र देशको मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जनाइएको छ ।