विराटनगरमा महिला साफ च्याम्पियनसिप : आयोजक मैदान बनाउँदै, महानगर सडक भत्काउँदै

<span class='c1'>विराटनगरमा महिला साफ च्याम्पियनसिप :  आयोजक</span> <span class='c2'> मैदान बनाउँदै, महानगर सडक भत्काउँदै</span>

प्रेम देवान ।
विराटनगर, २४ माघ । आगामी फागुन २८ गतेदेखि विराटनगरमा सुरु हुन लागेको महिला साफ फुटबल च्याम्पियनसिपको लागि खेल मैदान ब्यवस्थित गर्ने कामलाई तिब्र पारिएको छ ।

विराटनगरको शहिद रङ्गशालामा हुन लागेको महिला साफ च्याम्पियनसिपको लागी खेल मैदान व्यावस्थापकले खेल मैदानलाई व्यावस्थित बनाउन दिन रात यतिबेला लागी परेको छ । एक महिना मात्र बाकी रहेको बेला अहिले खेल मैदानदेखी खेलाडी र दर्शक बस्ने ठाँउहरुको पनि मर्मत गरिदै छ । अहिलेसम्म ८० देखी ८५ प्रतिशतसम्म खेल मैदानको मर्मत सम्भार कार्य भईसकेको खेल मैदान व्यावस्थापन समितिका सह–सयोजक मधुसुदन खनालले जानकारी दिए ।
खेल मैदानको कामलाई १५ दिन भित्र सक्ने योजना रहेको छ । प्याराफिटमा बसेर सहजै दर्शकहरुलाई खेल मैदानसम्म नछेलियोस् भन्नका लागि पहिलो पटक अण्डर ग्राउण्ड शैलीमा खेलाडी बस्ने स्थान बनाइएको सह सयोजक खनालले बताए ।
पहिलो पटक विराटनगरको शहिद रंगशालामा आयोजना गर्न लागिएको प्रतियोगिताको तयारीका लागी मैदान मर्मत देखि प्लेयर बक्स, मिडिया डेक्स र खेलाडीको चेन्जिङ रुम निर्माणको कार्य तिब्र पारिएको छ । महिला साफ च्याम्पियनसिप खेलमा सहभागी हुन खेलाडीहरुलाई खेल अभ्यासकालागि विराटनगरको जुट मिल, दिल्ली पब्लिक स्कुलको खेल मैदान र दुहवीमा रहेको खेल मैदानलाई प्रयोगमा ल्याईने छ ।
खेलाडीलाई विकासे चुनौती
खेलाडीहरुको लागि खेल मैदानको ब्यवस्थापन त भईरहेकै छ त्यो भन्दा महत्वपुर्ण खेल मैदानसम्म कसरी पुग्ने भन्ने समस्या अहिले देखिएको छ । आन्तरिक समस्याको चुनौती लिन तयार रहेको आयोजकले विराटनगरको विकाससँग जोडिएको चुनौतीको कसरी सामना गर्ला भनेर चर्चा हुन थालेको छ । अहिले विराटनगरमा भईरहेको भित्री तथा बाहिरी सडकमा पाईप लाईन विच्छाउन खनिएका सडकले आवत जावतमा नै समस्या हुँदै आएको छ । गोल्छा चोक देखि जिल्ला प्रशासन कार्यालयको बाटो हिड्नै नहुने अबस्थामा पुगेको छ । त्यस्तै शनीशाट देखि अस्पताल चोक सम्मको सडकमा गाडि गुड्न सक्ने अबस्था छैन । नगरवासी घेराबन्दीमा परेको सहजै महसुस नगरिएपनि बाहिरबाट आएका खेलाडी पाहुनालाई कसरी ब्यवस्थापन गर्ने भन्ने चुनौती आफुहरुमा रहेको आयोजकको दाबी छ । एन्फाका उप महासचिव बसन्त अर्यालले महानगरले ति सडक निर्धारीत समय भित्र पुरा गर्ने बताएको भएपनि सिक्सलेन सडकको काममा थप समस्या रहेको सुनाए । रंगशालासम्म पुग्ने सडकहरु च्याम्पियन्सिपको मुखमा आएर भत्काईएका छन् । यसले सार्क राष्ट्रका ७ वटा देशबाट आउने खेलाडीहरुलाई सकस हुने उनको भनाई छ ।

भिडियाे रिपाेर्ट

https://www.youtube.com/watch?v=KCH6vAqmvc0&feature=youtu.be&fbclid=IwAR1ApwQG_iqJqHeDcNGkfy4DElPK5W7L62oP306gD_7LsflwduiLtfFpgnc

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्