झापाकाे अर्जुनधारामा माछा खोज्दा अजिङ्गर फेला

झापाकाे अर्जुनधारामा माछा खोज्दा अजिङ्गर फेला

झापा, २५ माघ । झापाको अर्जुनधारा नगरपालिका– ४ मा माछा मार्ने क्रममा दुर्लभ अजिङ्गर भेटिएको छ ।  डिभिजन वन कार्यालयका प्रमुख विष्णुलाल घिमिरेका अनुसार  स्थानीयवासीले खोल्सीमा माछा मार्ने क्रममा अजिङ्गर फेला पारेका हुन् ।

आठ किलो तौल र ६ फिट लम्बाइ भएको त्यो अजिङ्गरलाई स्थानीयवासीले शनिश्चरे प्रहरी चौकीमा बुझाएका छन् । प्रहरी नायव निरीक्षक राजन खड्काले वन कार्यालयको निर्देशनमा अजिङ्गरलाई संरक्षणका लागि अर्जुनधारा–१, स्थित हलुवागढ सामुदायिक वनलाई हस्तान्तरण गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्