छाता ओढेर विराटनगरमा महिला संघको विरोध प्रर्दशन

<span class='c1'>छाता ओढेर विराटनगरमा महिला</span> <span class='c2'>संघको विरोध प्रर्दशन</span>

विराटनगर, २५ माघ । वर्तमान सरकार विरुद्ध विराटनगरमा नेपाल महिला संघ मोरङले विरोध प्रदर्शन गरेको छ । पुर्ब घोषित कार्यक्रम अनुसार प्रदर्शन गरेको हो ।

शनिबार सिमसिमे झरीका विच छाता ओढेर विभिन्न स्थानबाट आएका कांग्रेस समर्थकहरुले विराटनगरमा बिरोध सभा गरे । विराटनगरको पुरानो डिएसपी कार्यलयमा भेला भई बुधहाट चोक अनुमान मन्दिर पुगेर सडक मै कोणसभा गरेको हो ।
कोणसभालाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइराला , डिला संग्रैला, प्रदेश सभा सदस्य केदार कार्की, मोरङ जिल्ला सचिव नागेश कोईरालाले बर्तमान सरकारले गरेको कार्य प्रति असन्तुष्टी जनाएका थिए । उनीहरुले निर्मलाको हत्यारा, वाइडबडी प्रकरण, बुढीगण्डकी जलविद्युत आयोजनामा व्यापक भ्रष्टाचार हुदा पनि सरकारले छानबिन नगरेको जस्ता आरोप लगाए । उनीहरुले सुन प्रकरणका दोषीलाई कार्वाही गर्न नसक्नु, देशमा अमनचयन, शान्ति सुरक्षा कायम गर्न नससकेको प्रति खेद प्रकट गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्