विराटनगरको चेतना संरक्षण प्रतिष्ठानबाट पाँच जना पुरस्कृत

<span class='c1'>विराटनगरको चेतना संरक्षण प्रतिष्ठानबाट</span> <span class='c2'>पाँच जना पुरस्कृत</span>

विराटनगर, २६ माघ । चेतना संरक्षण प्रतिष्ठान विराटनगरले विभिन्न क्षेत्रमा योगदान पु¥याउने आधा दर्जन व्यक्तिलाई शनिबार विराटनगरमा आयोजित विशेष समारोहमा पुरस्कृत गरेको छ ।

प्रतिष्ठानले साहित्य, पत्रकारिता, संस्कृति, समाजसेवा, ललितकलालगायतका क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरूलाई नगद राशिसहित पुरस्कृति गरेको हो ।
एक दशकभन्दा लामो समयदेखि भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण र सम्वद्र्धनमा लागेको प्रतिष्ठानले धर्मानन्द–रामप्यारी सिटौला साहित्य चेतना पुरस्कारबाट साहित्यकार प्रा.डा. कपिल लामिछानेलाई पुरस्कृत गरेको छ । पुरस्कारको संस्थापक समाजसेवी हरिभक्त सिटौला हुन् । सिटौलाले मातापिताको स्मृतिमा पुरस्कार स्थापना गरेका हुन् ।
१ लाख १ हजार नगद राशिसहित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति प्राज्ञ के.के. कर्माचार्य, प्रतिष्ठानकी अध्यक्ष प्राज्ञ गंगा सुवेदी र पुरस्कारका संस्थापक सिटौलाले संयुक्त रुपमा दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरे ।
त्यस्तै संस्कृतिविद् प्रा.डा. सोमप्रसाद खतिवडालाई देवकिशन मुन्दडाद्वारा स्थापित बालकिशन–नर्वदादेवी मुन्दडा सनातन मानवीय धर्म–संस्कृति चेतना पुरस्कार, वरिष्ठ पत्रकार युवराज घिमिरेलाई दिनेश सुवेदीद्वारा भाइका नाममा स्थापित नरेश सुवेदी पत्रकारिता चेतना पुरस्कार, वरिष्ठ कलाकार मिथिला शर्मालाई गंगा सुवेदीद्वारा स्थापित भूपेन्द्र–शोभा रिजाल ललितकला चेतना पुरस्कार र समाजसेवी रमेशप्रसाद नेपाललाई उद्योगी एवं समाजसेवी दीनबन्धु गोयलद्वारा स्थापित ओमप्रकाश गोयल समाजसेवा चेतना पुरस्कार प्रदान गरियो ।
कुलपति शर्माचार्यलगायतले जनही ५१ हजार नगद राशिसहित माला, टीका लगाएर सम्मानपत्र हस्तान्तरण गरे । काठमाडौं बाहिर एउटै संस्थाले एउटै मञ्चमा सबैभन्दा बढी राशिको पुरस्कार वितरण गर्ने चेतना संरक्षण प्रतिष्ठान भएको संस्थाकी अध्यक्ष सुवेदीले दाबी गरिन् । हरेक वर्ष प्रतिष्ठानले पुरस्कारबापत ३ लाख रुपैयाँभन्दा बढी प्रदान गर्दै आएको छ । भाषा, साहित्य, कला, संस्कृतिको विकास र सम्वद्र्धनमा प्रतिष्ठानले स्थापनाकालदेखि नै काम गर्दै आएको उनको भनाइ थियो ।
पुरस्कारका संस्थापक हरिभक्त सिटौला र देवकिशन मुन्दडाले असल व्यक्तिलाई पुरस्कृत गर्न पाउँदा खुसी लागेको बताए । कार्यक्रमलाई सम्बोधन गर्दै कुलपति प्राज्ञ कर्माचार्यले नेपाली भाषा, साहित्य, कला र संस्कृतिको विकासमा प्रतिष्ठानले पु¥याएको योगदानको चर्चा गरे । प्रतिष्ठानले हरेक वर्ष वार्षिकोत्सवका अवसरमा विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरूलाई सम्मान र पुरस्कृत गर्दै आएको छ । त्यस्तै हरेक महिनाको पहिलो शुक्रबार चेतना साहित्य मासिक आयोजना गर्नुका साथै चेतना सन्देश त्रैमासिक साहित्यिक पत्रिका पनि प्रकाशित गर्दै आएको प्रतिष्ठानकी अध्यक्ष सुवेदीले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्