मोरङको दाम्राभित्ता स्कुलमा निलम ढुंगाना नाच्दा झुमियो वातावरण !

मोरङको दाम्राभित्ता स्कुलमा निलम ढुंगाना नाच्दा झुमियो वातावरण !

बिराटनगर माघ २७ ,

मोरङ रतुवामाइ नगरपालिका - ८ स्थित दाम्राभित्ता सेकेण्डरी इंगलिस स्कुलमा सरस्वती पुजाको अवसरमा सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ । नयाँ व्यस्थापनमा संचालन हुन लागेको उक्त स्कुलमा आयोजित कार्यक्रममा स्कूलका बालबालिकाले बिभिन्न नृत्य , गित तथा नाटक प्रस्तुत गरेका थिए ।

त्यसैगरी , कार्यक्रममा एक खुट्टाले नाच्ने कलाकार निलम ढुंगानाको प्रस्तुतिले माहोल रमाइलो बनेको थियो । उनले "बाचुन्जेल गरौ रमाइलो" बोलको गीतमा पहिलो प्रस्तुति गर्दा कार्यक्रममा उपस्थित सम्पूर्ण बिद्यार्थी , शिक्षकशिक्षिका तथा अविभावकले तालीले प्रोत्साहन गरेका थिए । उनि आउने थाहा पाएर बालबालिका देखि बृद्ध सम्मको उपस्तिथी स्कुलमा रहेको थियो ।

कक्षा १० सम्म पढाइ हुदै आएको उक्त स्कुलमा प्रि-नर्सरी ब्लकको पनि उद्घाटन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्