बिहेमा आफुले चाहे अनुसारको गित नबजाउँदा हतियार प्रहार, पाहुना सहित तीनजना घाईते

<span class='c1'>बिहेमा आफुले चाहे अनुसारको गित नबजाउँदा</span> <span class='c2'>हतियार प्रहार, पाहुना सहित तीनजना घाईते</span>

ताप्लेजुङ, २८ माघ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका-२ सिमल बोटमा गएराती आँफुले भनेजस्तो गित नबजाएको निहुँमा खुकुरी प्रहार हुँदा पाहुना आएका ३ जना घाइते भएका छन् । राती साढे २ बजे स्थानीय दिल बहादुर तामाङको छोरीको बिवाहमा भने जस्तो गित नबजाएको बिषयमा विवाद हुँदा साेही स्थानका बर्ष २२ को बिश्व सेङदान, बर्ष १७ को सरोज सेङदान र बर्ष १९ को मिखे तामाङ लगाएत ४/ ५ जनाको समुहले आवेशमा आई खुकुरी प्रहार गरेकाे प्रहरीले जनाएकाे छ ।  पाहुना आएका फुङलिङ नगरपालिका-८ दोखुका ३८ बर्षीय कर्ण बहादुर सुनुवार, बर्ष ३० को पेम्बा शेर्पा र बर्ष ३२ को पासाङ शेर्पा घाइते भएका हुन् ।

धारिलो हतियार प्रहारबाट शरिरको बिभिन्न भागमा गम्भिर चाेट लागेकाेले   तीनै जनाको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । हतियार प्रहार गर्ने समूह तत्काल फरार रहेकोले खोजीकार्य भईरहेको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्