धरान, २८ माघ। नेपाली सेनामा कार्यरत एक युवाको शव धरान–१८ स्थित बीपी प्रतिष्ठान पश्चिम गेट बाहिर फेला परेको छ । धरान–१७ घर भएका २४ बर्षीया कुमार परियारको शव बेवारिसे अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए ।
डिएसपी तिम्सिनाका अनुसार हिजो मात्र जागिरमा भनेर उनी घरबाट हिडेका थिए । उनी धनकुटास्थित नेपाली सेनामा कार्यरत रहेको बताइएको छ ।
घटना स्थल बीपी प्रतिष्ठानको आवास क्षेत्र पश्चिम र डिपोट स्कुल दक्षिणमा पर्छ ।