भेडापालन घटेसँगै पाँचथरमा राडीपाखी व्यवसाय पनि संकटमा !

<span class='c1'>भेडापालन घटेसँगै पाँचथरमा राडीपाखी</span> <span class='c2'>व्यवसाय पनि संकटमा !</span>

पाँचथरको याङ्वरक गाउँपालिकाको च्याङ्थापु, फलैंचा, फालेलुङ गाउँपालिकाको मेम्बेङ र प्राङबुङ् तथा सिदिनका उच्च पहाडी भेगमा भेडी गोठ रित्तिएका छन् । चरण क्षेत्रको अभावले भेडापालन व्यवसाय नै लोप हुँदै गएको हो ।

आठ बर्ष अघिसम्म यो क्षेत्रका आठ वटा गोठका करिब २५ सय भेडा पालिन्थ्यो । अहिले खर्कमा एउटा गोठ छ । जहाँ एक सय जति मात्रै भेडा छन् । आम्दानीको राम्रो स्रोत भएपनि चरण क्षेत्र अभाव र वन–जंगल मासिदै गएका कारण भेडा व्यवसायबाट क्रमशः पलायन हुनु परेको किसानको गुनासो छ ।

भेडा पालन नै घटेपछि उनको अभाव हुँदा राडीपाखीको व्यवसाय पनि खस्किएको छ । पाँचदेखि पन्ध्र हजार रुपैयाँ प्रतिगोटोसम्म बिक्रि हुने राडीपाखी अहिले पाउन नै मस्किल पर्छ । राडीपाखी व्यवसयी अहिले फुर्सदिला र बेरोजगार भएका छन् ।

हिमाली क्षेत्रमा पाहुनाको सत्कारमा ओछ्याउने राडीपाखी अहिले धेरैले प्रयोग गर्न नै छोडेका छन् । पाँचथरको राडीपाखी नेपालका विभिन्न बजारसहित विदेशमा पनि निर्यात हुन्छ । हिमाली क्षेत्रका किसानको आय–आर्जनको मुख्य स्रोत भेडापालन र राडीपाखी व्यवसाय संकटमा परेसँगै स्थानीयले आम्दानी गुमाउनु परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्