भारततर्फ सुपरी तस्करी गर्ने चार जना महिला विराटनगरबाट पक्राउ

<span class='c1'>भारततर्फ सुपरी तस्करी  गर्ने चार</span> <span class='c2'>जना महिला विराटनगरबाट पक्राउ</span>

विराटनगर, ४ फागुन ।  नेपालबाट भारततर्फ सुपरी तस्करी गर्दै गर्दा   चार जना महिला विराटनगरबाट पक्राउ परेका छन्।  भन्सार छली गरेर सुपारी लैजाँदै गरेको अवस्थामा विराटनगर-१७ की ५५ वर्षीया कान्ति रमात, ५० वर्षीया महिमुन खातुन, २६ वर्षीय रसिदा खातुन र २७ वर्षीया जरिना खातुन रहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए।

पक्राउ परेकाको साथबाट प्रहरीले १५ किलो सुपारी बरामद गरेको छ। श्रेष्ठले पक्राउ परेका सबै महिला सुपारी तस्करी गर्ने भरिया भएको बताए। पक्राउ परेकालाई बरामद गरिएको सुपारीसहित कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्