सिरहा जिल्लामा स्वास्थ्य विमा शुरु, वीमा कार्यक्रम लागु गर्ने सिरहा ३८ औ जिल्ला

<span class='c1'>सिरहा जिल्लामा स्वास्थ्य विमा शुरु, वीमा कार्यक्रम</span> <span class='c2'>लागु गर्ने सिरहा ३८ औ जिल्ला</span>

सिरहा, ४ फागुन ।
सरकारले स्वास्थ्य वीमा कार्यक्रम प्रदेश नं २ को सिरहामा पनि विस्तार गरेको छ । स्वास्थ्य वीमा बोर्डको आयोजनामा एक विशेष समारोहका वीच सिरहाको लाहानमा स्वास्थ्य वीमा दर्ता कार्यक्रम शुरु भएको हो । सिरहा कार्यक्रम लागू हुने ३८ औं जिल्ला हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव डा. पुष्पा चौधरीले स्वास्थ्य वीमा कार्यक्रम नेपाली जनतालाई प्रत्यक्ष लाभ दिने कार्यक्रम भएकोले धेरै भन्दा धेरै नागरिक यसमा आवद्ध हुनुपर्ने बताईन् ।
उनले सेवा प्रदायक अस्पतालहरुको सेवा राम्रो नभएसम्म स्वास्थ्य वीमा कार्यक्रम सफल नहुने भएकोले अस्पतालहरुले सेवाको गुणस्तर वृद्धि गर्नुपर्ने आवश्यकता औंल्याईन् ।सचिव चौधरीले सिरहा जिल्लामा एउटा ट्रमा अस्पताल स्थापना गर्न मन्त्रालय लागिपरिरहेको जानाकारी दिईन् ।
कार्यक्रममा स्वास्थ्य वीमा बोर्डका कार्यकारी निर्देशक रमेश कुमार पोखरेलले स्वास्थ्य वीमा कार्यक्रमको महत्व, उद्देश्य, दर्ता प्रकिया, वीमितले तिर्नुपर्ने योगदान रकम, सुविधा थैली, सेवा लिने तरिका, विद्यमान नीतिगत व्यवस्था र हालसम्मको प्रगति वारे जानकारी दिएका थिए । हाल नेपालका ३७ जिल्लाका १७ लाख ३५ हजार नागरिकले वीमा गराइसकेको उनले बताए ।
कार्यक्रममा लाहान नगरपालिकाका मेयर मुनी साह, लाहान उद्योग वाणिज्य संघका सभापति अशोक अमात्य, संघीय समाजवादी फोरमका जिल्ला अध्यक्ष वादल यादव.लगायतले स्वास्थ्य वीमा कार्यक्रम प्रभावकारी हुने विस्वास ब्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्