तेह्रथुमको आठराईमा आगलागी, ६ बर्षको बालकको जलेर मृत्यु

<span class='c1'>तेह्रथुमको आठराईमा आगलागी, ६</span> <span class='c2'>बर्षको बालकको जलेर मृत्यु</span>

तेह्रथुम, ६ फागुन ।
तेह्रथुमको आठराई गाउँपालिका ३ ह्वाकूमा घरमा आगलागी हुदाँ एक बच्चाको जलेर मृत्यु भएको छ । स्थानीय रूद्र खातिको घरमा आगलागी हुदाँ खातिका ६ वर्षका छोरा मौसम खातीको जलेर मृत्यु भएको हो । आगलागीबाट खातीको दुईवटा घर जलेर पुर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी नारायणप्रसाद गौतमले बताए।
आगलागीको कारण भने खुल्न सकेको छैन । घटनास्थलमा ईलाका प्रहरी कार्यालय संक्रान्ति बजारबाट प्रहरी टोली खटिएको र आगलागीको अनुसन्धान भैइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्