विराटनगर, ६ फागुन ।
विद्यार्थीको काम भनकोे स्कुल जाने अनि पढ्ने हो । तर विराटनगर–१० मा रहेको ग्रिनल्याण्ड कलेज विद्यार्थीले सोमबार भने सधै झै कक्षामा बसेर पढेनन् । विद्यार्थीहरुले बर्ष पढेका कितावी ज्ञानलाई व्यावहारिक रुपमा उतारेका छन् ।
कलेजमा पढ्ने होटल मेनेजमेन्ट विषयका कक्षा ११ र १२ विद्यार्थीहरुले सोमबार सैद्धान्तिक ज्ञानलाई प्रंयोग गर्दै फुड फेष्टा गरेका छन् । होटेल मेनेजमेन्टमा गरिएका प्रयोगात्मक कक्षाहरुलाई दक्षता मापनकालागि फुड फेष्टा गरिएको कलेजका सञ्चालक दिनेश दाहालले जानकारी दिए । फुड फेष्टामा कलेजमा अध्ययनरत अन्य विषयमा अध्ययन गर्दै आएका करिब १ हजार १ सय विद्यार्थीहरुको उल्लेखनिय सहभागि रहेको कलेजले जनाएको छ ।
फुड फेस्टामा विद्यार्थीहरुले चिकेन चिल्ली, पाउ भाजी, भेज मन्चुरीयन, भेज फ्राइ राइस, फ्रेन्च राइस र भर्जिन मोजीपो लगायतका सामाग्रीहरु बनाएका होटल मेनेजमेन्ट विषयका कोअडिनेटर अर्चना देवले जानकारी दिए ।