प्रजातन्त्र दिवसमा पूर्वराजाकाे चिन्ता ‘राष्ट्र दिन प्रतिदिन कमजोर बन्दै गएको छ’

<span class='c1'>प्रजातन्त्र दिवसमा पूर्वराजाकाे चिन्ता  ‘राष्ट्र</span> <span class='c2'>दिन प्रतिदिन कमजोर बन्दै गएको छ’</span>

काठमाडौं, ७ फागुन । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्र दिन प्रतिदिन कमजोर बन्दै गएको बताएका छन् । ६९ औं प्रजातन्त्र दिवसको अवसरमा दिएको शुभकामना सन्देशमा उनले यस्तो बताएका हुन् । पूर्वराजा शाहले जनताको हित, सुरक्षा र विकासको मूलभूत साधन प्रजातन्त्र भएको बताएका छन् ।
उनले आफ्ना जिजुबुबा त्रिभुवनसहित प्रजातन्त्रका निम्ति त्याग, उत्सर्ग र योगदान गर्ने सबैको स्मरण गर्दै आम नागरिकमा राज्यका विभिन्न अंगप्रति नैराश्यता, वितृष्णा र अनभिज्ञता लामो समयसम्म रहनु गम्भीर चिन्ताको विषय भएको बताएका छन् ।

शाहको शूभकामना सन्देश

नेपाली दिदीबहिनी तथा दाजूभाइहरु,
प्रजातन्त्र दिवसका अवसरमा आज हामी हाम्रा जिजूबूवा राष्ट्रपिता श्री ५ त्रिभूवन सहित प्रजातन्त्रका निम्ति त्याग, उत्सर्ग र योगदान गर्ने सवैको स्मरण गर्न चाहन्छौं । 
हामी र हाम्रा पूर्खाहरुको पुख्र्यौली आदर्श प्रजातन्त्र हो । सबै अटाउने प्रणाली, सबैको आस्थाको केन्द्र राष्ट्र बन्न नसकेसम्म प्रजातन्त्रले मूर्तरुप लिन सक्दैन । जनताको हित, सूरक्षा र विकासको मूलभुत साधन प्रजातन्त्र नै हो । देश दर्शनको क्रममा हामीले बोध गरे अनूरुप प्रजातन्त्रको त्यस्तो अनूभुति आम नेपालीमा छैन । आम नागरिकमा राज्यका विभिन्न अंगप्रति नैराश्यता, वितृष्णा र अनभि१ता लामो समयसम्म रहिरहनू गम्भिर चिन्ताको विषय बनेको छ । यसरी राष्ट्रप्रतिको निष्ठामा आएको ह्रास, प्रत्येक यूवामा देश छाड्ने आतूरता र नागरिकको मनमा उत्पन्न हिनताबोधले, राष्ट्र दिन प्रति दिन कमजोर बनिरहेको छ । शक्ति पृथकीकरणको सिद्धान्तबाट राज्य व्यवस्था च्युत हून नहूने र दण्डहिनता एवं विधिविहिनताले विकराल स्थितिको सृजना हून नपाउने गरी प्रजातन्त्र सोझासाझा सबै नेपालीको पहूंचमा हूनूपर्दछ भन्ने हाम्रो मान्यता हो । 
त्यसै गरी हाम्रो आफ्नो सनातनीक धर्म, संस्कृति र हाम्रै आफ्नो मौलिक आदर्श एवं मान्यताप्रति धर्मान्तरणको  प्रकृयाबा६ आक्रान्त भएको कहालीलाग्दो दस्ूखद अवस्था देखा परेको छ । त्यस्तो जन असहमत कार्यप्रति राज्यको ध्यान जानू पर्दछ भन्ने हाम्रो दृढ धारणा रहेको छ ।
नेपालको भूराजनीतिक अवस्थालाई दृष्टिगत गर्दै हामीले हाम्रो परराष्ट्र तथा मैत्री सम्बन्धलाई सूमधूर, शालीन र सौम्य कूटनीतिक व्यवस्थाद्धारा हामीप्रतिको आधारभूत विश्वसनीयता स्वस्थरुपमा अघि बढाउन सक्नू पर्दछ । 
श्री पशूपतिनाथले हामी सबैको कल्याण गरून् । जय नेपाल । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्