ईटहरीको ग्रिनपिसमा शैक्षिक प्रदर्शनी, पाँच दर्जन बढी स्टल

<span class='c1'>ईटहरीको ग्रिनपिसमा शैक्षिक प्रदर्शनी,</span> <span class='c2'>पाँच दर्जन बढी स्टल</span>

ईटहरी, ७ फागुन ।
सुनसरीको इटहरीस्थित ग्रिनपिस इटहरी नमुना कलेजका विद्यार्थीहरुले संयुक्त रुपमा शैक्षिक प्रर्दशनी गरी विग इनोभेसन डे मनाएको छ ।
विद्यार्थीहरुले शैक्षिक सामाग्रीदेखि विभिन्न परिकारहरु सहितका पाँच दर्जन बढि स्टल राखेका थिए । विग इनोभेसन डेको उद्घाटन गर्दै इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले ग्रिनपिस नमुना कलेजले विभिन्न कार्यक्रमहरु गरेर नाम जस्तै इटहरीकै नमुना कलेजको रुपमा आफुलाई स्थापित गरेको भन्दै कार्यक्रमको प्रशंसा गरिन् । कलेजका प्रमुख धर्म न्यौपानेले कलेजले विद्यार्थीलाई जिवनपयोगी शिक्षा प्रदान गर्न, आफूले सिकेका सिपलाई व्यवसायमा रुपान्तरण गर्न र आत्मनिर्भर वनाउन कार्यक्रमको आयोजना गरिएको जानकारी दिए । प्रदर्शनी स्थललमा विद्यार्थीहरुले सास्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।
इटहरी क्षेत्रमै उत्कृष्ट शैक्षिक संस्थाको रुपमा स्थापित हुन सफल ग्रिनपिस इटहरी नमुना कलेजका विद्यार्थीहरुले तयार पारेका शैक्षिक सामाग्रीहरु हेर्न स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्