ओवी समाचार प्रभाव :विराटनगर विमानस्थलको पार्किङ शुल्क घट्याे, ठेकेदारद्वारा गल्ती स्वीकार

<span class='c1'>ओवी समाचार प्रभाव :विराटनगर विमानस्थलको पार्किङ</span> <span class='c2'>शुल्क घट्याे,  ठेकेदारद्वारा गल्ती स्वीकार</span>

विराटनगर, ८ फागुन ।
विराटनगर विमानस्थलमा पार्किङको नाममा बढी रकम लिईएको समाचार पछि त्यो बारेमा बिमानस्थलले ठेकेदार कम्पनीलाई स्पष्टीकरण सोधेको छ । आवर बिराटनगर डट नेटले बिमानस्थलको बाहिरी पार्किङमा भएको मनपरीको समाचार प्रकाशित गरेको थियो । समाचारलाई लिएर कार्यालयका प्रमुख टेकनाथ सिटौलाले मोटरसाईकलको पार्किङमा ५ रुपैयाँ भन्दा बढी तिर्नु नपर्ने बताउँदै यदी त्यस्तो पाईए ठेकेदारलाई कार्वाही गर्ने बताउँदै आएका थिए ।

फागुन ४ गते समाचार प्रकाशित पछि ठेकेदार कम्पनीलाई बोलाएर प्रमुख सिटौलाले बढी रकम लिएको बारेमा सोधेका थिए । ठेकेदार कम्पनी अत्रि कन्ष्ट्रक्सन एण्ड सप्लायर्स प्रालिले त्यहाँ पार्किङमा आएका सवारीबाट बढी रकम लिने गरेको स्वीकार गरेपछि ठेकेदार कम्पनीलाई बढी रकम लिनुको कारण सहित स्पष्टी करण सोधिएको प्रमुख सिटौलाले आवर बिराटनगर डटलाई टेलिफोन गरी जानकारी दिएका छन् ।सम्पादक सुमन सुस्केरालाई टेलिफोेन गरी प्रमुख सिटौलाले ठेकेदारले गल्ती गरेकै रहेछ, आईन्दा गल्ती नगर्ने र अहिले बनाईएको रसिद हटाउन लिखित भनिएको जानकारी दिए । त्यसकाे भाेलीपल्ट देखि नै ठेकेदार कम्पनीले बढाएकाे रकम घटाएकाे हाे ।

विमानस्थल बाहिर पार्किङमा राखिएको साईकल, मोटरसाईकल तथा कारहरुलाई बढी रकम लिएपछि त्यसको बिरोध भएको थियो । तर ठेकेदारले वेवास्ता गर्दै आएको थियो । फागुन १ गतेदेखि नयाँ ठेकेदार आएपछि ५ रुपैयाँको मोटरसाईकल पार्किङ शुल्कबाट बढाएर १० देखि २० रुपैयाँसम्म ठेकेदारले लिँदै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्