ओखलढुंगामा ट्रान्सफर्म बनाउने क्रममा करेन्ट लागेर बिद्युतका कर्मचारी कै मृत्यु

ओखलढुंगामा ट्रान्सफर्म बनाउने क्रममा करेन्ट लागेर बिद्युतका कर्मचारी कै मृत्यु

रामहरि श्रेष्ठ,

ओखलढुंगा फाल्गुन ९ । ओखलढुंगामा बिद्युतको ट्रान्सफर्म बनाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिद्धिचरण नगरपालिका १२ भडाँरेका ३१ वर्षीय जनक गुरुङ रहेका छन् । नगरपालिकाकै वडा नम्बर दुई ठुलाछापमा विदुतको ट्रान्सफर्म बनाउने क्रममा करेन्ट लागेर गुरुङ गम्भी घाइते भएका थिए ।

घाइते गुरुङलाई उपचारका लागि अस्पताल ल्याइएको भएपनि उनको आस्पताल आइपुग्ने बित्तिकै ज्यान गएको जिल्ला प्रहरी कार्यलय ओलखढुंगाका प्रमुख पुष्पराज मल्लले जानकारी दिए ।मृतक गुरुङ बिद्युतका कर्मचारी भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्