काठमाडाै, १० फागुन । ललितपुरको नख्खुस्थित एनसेल मुख्यालयको गेट अगाडि अज्ञात समूहले शक्तिशाली बम बिस्फोट गराएको छ। बम बिस्फोटमा परी २ जना घाइते भएका छन्।
घटनामा परी २७ वर्षिय प्रतिक्षा खड्का र अर्का एक जना नाम नखुलेको व्यक्ति घाइते भएका छन्। उनीहरूको अल्का अस्पतालमा उपचार भइरहेको छ। शुक्रबार साँझ ७ बजेर ५५ मिनेटमा नख्खुस्थित एनसेलको मुख्यालय गेटको अगाडि भयानक आवाजसहित भएको बिस्फोटले वरिपरिका अधिकांश घरका सिसा फुटेका छन्। बाटो हिड्दै गरेका दुई जना गम्भीर घाइते भएका छन्।