निर्मला पन्तका बुबाआमाले लामो समयदेखि बस्दै आएको धर्ना कार्यक्रम स्थगन गरे

<span class='c1'>निर्मला पन्तका बुबाआमाले लामो समयदेखि बस्दै</span> <span class='c2'>आएको धर्ना कार्यक्रम स्थगन गरे</span>

भीमदत्तनगर, फागुन ११ गते ।

कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया निर्मला पन्तका बुबाआमाले लामो समयदेखि बस्दै आएको धर्ना कार्यक्रम स्थगन गर्नुभएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै उहाँहरूले धर्ना स्थगन गर्नुभएको हो । गत कात्तिक २५ गतेदेखि स्थानीय नागरिक सङ्घर्ष समितिको पहलमा उहाँहरू जिल्ला प्रशासन कार्यालयको मूल गेटमा धर्ना बस्नुभएको थियो ।

छोरीको हत्या भएको सात महीना बितिसक्दा पनि सरकार गम्भीर नदेखिएको निर्मलाका बुबा यज्ञराज पन्तले गुनासो पोख्नुभयो । कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी शङ्कर विष्टलाई ज्ञापनपत्र बुझाउँदै पन्तले घटनाको प्रमाण मेटाउने प्रहरी कर्मचारीलाई उन्मुक्ति दिने वातावरण सिर्जना गर्ने गिरोह सक्रिय रहेको बताउनुभयो ।

“प्रमाण मेटाउनेलाई विभागीय कारवाहीबाहेक केही भएन”, उहाँले भन्नुभयो, “अपराधी जोसुकै होस् कारवाहीको दायरामा ल्याउनु प¥यो ।” धर्ना बस्दा स्वास्थ्यमा समेत समस्या देखिएकाले स्थगित गरिएको उल्लेख गर्ने निर्मलाका परिवारले न्यायका लागि दबाब जारी राख्ने बताएका छन् । धर्ना स्थगितपछि पन्त परिवार उपचारका लागि काठमाडौँ जाने भएको छ । (रासस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्