ईलाममा बिद्यार्थी लक्षित “प्रहरीसँग एक दिन” कार्यक्रम शुरु

<span class='c1'>ईलाममा  बिद्यार्थी  लक्षित </span> <span class='c2'> “प्रहरीसँग एक दिन” कार्यक्रम शुरु</span>

ईलाम, ११ फागुन ।  जिल्ला प्रहरी कार्यालय ईलामले बिद्यार्थीलाई लक्षित गरी "प्रहरीसँग एक दिन" कार्यक्रमको थालनी गरेको छ । “समुदाय-प्रहरी साझेदारी” कार्यक्रम अन्तरगत बिद्यार्थीहरुलाई लक्षित गरी यो कार्यक्रमको थालनी गरिएको हो ।

यो कार्यक्रम अन्तर्गत जिल्लाका बिभिन्न बिद्यालयका बिद्यार्थीहरुलाई प्रहरी कार्यालयमा भ्रमण गराई प्रहरी कार्यालयमा प्रबेश देखी जनतासंग प्रत्यक्ष सरोकार राख्‍ने शाखाहरु, नागरिक सहायता कक्ष, प्रहरी कन्ट्रोल रुम, महिला तथा बालबालिका सेवा कक्ष, हिरासत कक्ष लगायतको अवलोकन भ्रमण गराई  प्रहरीका बिबिध बिषयहरुमा जानकारी दिईने छ । आम नागरिकहरुको सेवा र सुरक्षामा २४ सै घण्टा खटिने प्रहरी जनताको सेवक हो शासक होईन भन्ने कुराको जानकारी गराउने  उदेश्य अनुसार यो कार्यक्रमको थालनी गरिएको जिल्ला प्रहरी कार्यालय ईलामका प्रमुख प्रहरी उपरीक्षक माधव श्रेष्ठले जानकारी दिए ।

बिद्यार्थीहरुलाई मात्र यस्ता कुराहरुको जानकारी दिन सकेमा हरेक घर घरमा चेतना फैलाउन सकिने लक्ष्य र उदेश्यका साथ बिद्यार्थीहरुलाई  समुदाय-प्रहरी साझेदारी कार्यक्रमको अवधारणा, प्रहरी-विद्यालय सम्पर्क समितिको संरचना र काम कर्तव्य तथा अधिकार, बालबालिकाका लागि आधारभूत सुरक्षा, आकस्मिक नम्बरहरुको प्रयोग एवं समाजमा शान्ति सुरक्षा कायम गर्न र अपराध नियन्त्रण, रोकथाम तथा न्युनिकरणमा विद्यार्थीको भूमिकाको विषयमा जानकारी दिईएकाे   जिल्ला प्रहरी कार्यालय ईलामले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्