विराटनगर ११ फागुन । पुरुषोत्तम–धनकुमारी चापागाईं स्मृति कोष विराटनगरले यस वर्षको पत्रकारिता पुरस्कार पत्रकार महासंघ मोरङकी उपाध्यक्ष तथा मकालु टेलिभिजका संवाददाता सुशीला पाठकलाई प्रदान गरेको छ ।
पुरुषोत्तम–धनकुमारी चापागाईं स्मृति कोषले पत्रकार सुशीला पाठकलाई नगद १० हजार सहित सम्मान पत्र, माला र खादा लगाएर सम्मान गरेको हो । पत्रकाररिता क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दे पाठकलाई सम्मान गरेको आयोजकले जनाएको छ । विगत १ दशक देखि मोरङलाई कार्यक्षेत्र बनाएर पाठक पत्रकारीता गर्दे आउनु भएको छ ।
यसअघि सो पुरस्कारबाट पत्रकार विक्रम निरौला पुरस्कृत हुनु भएको थियो । यसैगरी साहित्यतर्फ झापा सुरुङ्गाका ज्ञानराज सुवेदीलाई १० हजार नगद सहित पुरुषोत्तम–धनकुमारी चापागाईं स्मृति साहित्य पुरस्कारबाट सम्मान गरिएको छ । आधुनिक नेपाली काव्य कविता क्षेत्रमा उहाले उल्लेख्य योगदान पु¥याउनु भएको छ । उहाका शास्त्रीय छन्दमा लेखिएका करिब डेढ दर्जन काव्यकृति प्रकाशित छन् । गत साल सो पुरस्कारबाट साहित्यकार मेनुका चापागाईंलाइ पुरस्कृत गरिएको थियो । यसैगरी धर्मसंस्कृति तर्फ ५ हजार नगदराशी सहित राधारमण वेदवेदान्त संस्कृति विद्यालयका संयोजक भवानीशंकर निरौलालाई सम्मान गरिएको छ ।
कोषमा २ लाख रुपैया रहेको छ । सो संस्थाले यसअघि विभिन्न विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा, स्टेशनरी सामग्री वितरण गर्नुका साथै गोग्राह स्कुलका उत्कृष्ठ विद्यार्थीहरुलाई पुरस्कृत गरिएको कोषका अध्यक्ष माधव अत्रीले जानकारी दिनुभयो । कार्यक्रम कोषका संयोजक तारा भुर्तेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।