विराटनगरमा भएको विद्यालय स्तरीय चित्रकलाको उपाधि सुम्निामा र सिद्धार्थलाई

<span class='c1'>विराटनगरमा भएको विद्यालय स्तरीय चित्रकलाको</span> <span class='c2'>उपाधि सुम्निामा र सिद्धार्थलाई</span>

विराटनगर, ११ फागुन ।
एसबीएससी अन्तर विद्यालय स्तरीय चित्रकला प्रतियोगिताको उपाधि विराटनगरमा रहेको सुम्निमा बोर्डिङ स्कूल र सुन्दर हरैचनामा रहेकोे सिद्धार्थ बोर्डिङ स्कूलले जितेका छन् । जिल्लाभरीको स्कूलहरूलाई पछि पार्दै जुनियर स्कूलतर्फ सुम्निमा र सिनियतर्फ सिद्धार्थ स्कूल प्रथम भएका हुन् । सुम्निमा स्कुलका सुमन चौधरी र सिद्धार्थका रोसन लिम्बुले बनाएको चित्र प्रथम भएको हो ।
संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था मोरङले विराटनगरमा शनिबार आयोजना गरेको चित्रकला प्रतियोगिताको जुनियरतर्फको द्धितीय ग्रेडेड स्कूलकी रोजीशा शिवभक्तीले बनाएको चित्र भयो भने तृतीय सुम्निका स्कूलका मायुखा जोसीले बनाएको र सान्त्वना मदरल्याण्ड एकाडेमी स्कूलकी प्रिति मेहताले बनाएको चित्र भयो ।
त्यस्तै सिनियरतर्फको द्धितीय विराटनगरस्थित एभरेष्ट स्कूलका राहुल चौधरीले बनाएको चित्र भएको छ । तृतीय ग्रेडेड स्कूलका अनुराग पोद्धारले बनाएको चित्र भयो भने सान्त्वना सुन्दरहैरचामा रहेको सुबिजीमुरका प्रज्वल शर्माले बनाएको चित्र घोषित भयो ।
प्रतियोगिताको प्रथम, द्धितीय, तृतीय र शान्तवना हुने विद्यालयहका विद्यार्थीहरूले ३ हजार, २ हजार १ हजार र ५ सय रुपैयाँको साथै आकर्षक ट्रफि प्राप्त गरेका छन् । प्रतियोगिताको निर्णायकहरूमा ललित कला केन्द्रका सल्लाकार नरकुमार श्रेष्ठ र निवास पोखरेल रहेका थिए ।विद्यालयहरूमा अध्ययरत विद्यार्थीहरूको प्रतिभा खोजी गर्नका लागि जिल्ला स्तरीय चित्रकला प्रतियोगिता आयोजना गरेको सहकारी अध्यक्ष विष्णु डंगोलले जानकारी दिए । प्रतियोगितामा ३५ विद्यालयका ९७ जना विद्यार्थीहरूले सहभागी भएको कार्यक्रम संयोजक तथा सहकारीका उपाध्यक्ष मोहन बुढाथोकीले बताए । यो सहकारीले प्रत्येक वर्ष एसएसएसी अन्तर विद्यालय स्तरीय चित्रकला प्रतियोगिता आयोजना गर्दै आएको छ । प्रतियोगितामा विजेता हुने विद्यार्थीहरूलाई प्याब्सन मोरङको अध्यक्ष अर्जुन बस्नेत, वरिष्ठ उपाध्यक्ष सीतला सुब्बा, सचिब प्रेमलालसिंह सुवाल, नगर अध्यक्ष इन्द्र राई, सहकारीका अध्यक्ष विष्णु डंगोल, संस्थापक अध्यक्ष खम्बसिंह बस्नेतलगायले पुरस्कार वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्