विराटनगर, १२ फागुन ।
एम्स कलेजले नव आगन्तुक स्नातक तह प्रथम बर्षका विद्यार्थीहरु माझ प्रतिभाको खोजी अभियान शुरु गरेको छ। त्यही अभियान अन्तरगत “अ हन्ट फर मिस्टर एण्ड मिस फ्रेसर” नामबाट हरेक बर्ष गर्दै आएको कार्यक्रम यो बर्ष पनि सम्पन्न गरेको छ । एक फरक प्रकारको कार्यक्रम भएकाले विद्यार्थीको प्रतिभा र रुचि जगाउने गरी कार्यक्रम गर्दै आएको क्याम्पसले जनाएको छ ।
कितावी ज्ञानले मात्र मान्छे गरिखाने बन्न नसक्ने भएकाले परीक्षामा पाएको अंकले मात्र मान्छे अब्बल नबन्ने क्याम्पस प्रमुख सिएम बस्नेतले बताए । विद्यार्थीलाई अतिरिक्त कृयाकलापमा जोड दिनको लागि गरिखाने नागरिक बनाउने अभियानमा कलेज लागेको बस्नेतले जानकारी दिए ।
विविध प्रतिस्पर्धा र तालिमलाई पारगर्दै प्रथम बर्षमा अध्ययनरत विद्यार्थीहरु मध्येबाट ६ जना छात्र र ६ जना छात्रा फाइनल राउन्डमा पर्न सफल भएका थिए र ति बाह्रजना प्रतिस्पर्धिको फाइनल आरोहण गुरुकुल हाटखोलामा सम्पन्न भएको हो । राष्ट्रिय शिक्षा अभियानकर्ता अभिषेक घिमिरे, मिस्टर इन्टरनेशनल नेपाल २०१८ साजिद आलम र लायन लिडर रिता तिम्सिनाको संयुक्त निर्णयबाट एम्स कलेज मिस फ्रेसर र मिस्टर फ्रेसर २०१९ को उपाधि क्रमशः सन्ध्या खड्का र प्रवेश अधिकारीले हात पार्न सफल भएका छन् । त्यस्तै फस्ट रनर अप सुनिता चौधरी र अमनजङ कार्की भए । सेकेण्ड रनर अप रोनिता थापा र सोनु रौनिया हुन सफल भए ।
विभिन्न उपाधि हात पार्ने क्रममा फ्रेसर अफ पपुलारिटि प्रिति घिमिरेले हात पारिन्, फ्रेसर अफ कोअर्डिनेसन अभिषेक दास, फ्रेसर अफ इन्क्रिडिबल इम्प्रुभमेन्ट आरति चौधरी, फ्रेसर अफ लिडरसिप नरेश कुमार साह, फ्रेसर अफ रेस्पोनसिबिलिटि आर्या बस्नेत र फ्रेसर अफ कटेैसि अजय मण्डलले टाइटल जितेका छन् । कलेजले विजेता विद्यार्थीहरुलाई जनही ३० हजार छात्रावृति दिने घोषणा गरेको छ । साथमा धेरै पुरस्कार, ट्रफि, सर्टिफिकेट र सहित सम्मान गरिएको कलेजले जनाएको छ ।
ईडेन नेशनल बोर्डिङ स्कुलमा कक्षा ५ मा अध्ययनरत छात्र ऋिदम बस्नेतको भाषणले कार्यक्रममा अरु हौसला र रौनक थपेको थियो । कार्यक्रममा अध्यक्ष तुल्सी प्रसाद पोखरेलले विद्यार्थीहरुमाझ यस्ता खालका कार्यक्रम अति नै आवश्यक हुने र एम्स कलेजबाट आचरणयुक्त जनशक्ति र देशलाई चाहिने असल नेतृत्व उत्पादन गर्ने विश्वास ब्यक्त गरे । कार्यक्रम कलेजमा अध्ययरत बि.बि.एस तेस्रो बर्षका विद्यार्थीहरुले व्यवस्थापन गरेका थिए ।