श्रवण थापा ।
सर्लाही । नगरपालिकाबाट तलब भत्तासमेत नलिएका बागमती नगरपालिकाका नगरप्रमुख भरतकुमार थापालाई उपहार मिलेको छ । शुक्रबार एक कार्यक्रमका बीच बागमती नगरपालिकाका मेयर थापालाई आफ्नै नगरवासीले संचालन गरेको ईजी ट्रेर्डसले ई–स्कुटर प्रदान गरेको हो ।
मेयर थापा अरुको मोटरसाईकलमा लिफ्ट मागेर हिड्नेगरेकोले जनताको तर्फबाट उपहार दिएको ट्रेर्डस सञ्चालक चोकबहादुर रानाको भनाई छ । उक्त कम्पनीप्रति आभार व्यक्तगर्दै मेयर थापाले ई–स्कुटरले आफूले लिएको सफा र समुन्नत नगरको परिकल्पनामा समेत टेवा पुग्ने अपेक्षा गरे ।
विद्युतीय स्कुटरको प्रयोगले नगरको वातावरण प्रदुषण हुनबाट जोगिने भन्दै यसको प्रयोगमा बडावा दिनुपर्नेमा जोड दिए । मेयर थापाले गाडी किन्नकोलागि छुट्टाइएको पैसाले नगरवासीको सुविधाका लागि भन्दै पानी ट्यांकर खरिद गरेका थिए। थापा नगरपालिकाको दैनिक काम कारबाहीका लागि लिफ्ट मागेर हिड्दै आएका थिए । अब स्थानीय जनताले दिएको उपहारले जनताकै काममा आवत जावत गर्न सहजहुने विश्वस मेयर थापाकाे छ ।