टंकिसिनुवारीको जेभियर्स स्कूलको बार्षिक उत्सव, अब स्मार्ट प्रणालीबाट पढाईने

<span class='c1'>टंकिसिनुवारीको जेभियर्स स्कूलको बार्षिक उत्सव,</span> <span class='c2'>अब स्मार्ट प्रणालीबाट पढाईने</span>

विराटनगर, १२ फागुन । बुढीगङ्गा–२ टंकिसिनुवारीमा रहेको जेभियर्स बोडिङ स्कूलले चौथो बार्षिकोत्सव मनाएको छ । विभिन्न सांस्कृतिक कार्यक्रमका साथ बार्षिकोत्सव एवं अभिभावक दिवस मनाएको हो ।

प्रमुख अथिती प्रदेश न. १ का प्रदेश सभा सदस्य तथा नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले व्यवसाय मुलक शिक्षामा जोड दिन सुझाव दिए । बुढीगङ्गा गाउँपालिकाका अध्यक्ष बालचन्द्र माझी , उपाध्यक्ष अमृता गच्छ्दार, प्याब्सन मोरङका अध्यक्ष अर्जुन बस्नेत, नोबेल मेडिकल कलेजका प्रशासनिक प्रमुख नारायण दाहाल, अभिभावाकहरु लोकनाथ चौधरी र तिर्था लिम्बुले बिद्यालयको शैक्षिक अबस्थाको बारेमा धारणा राखेका थिए ।
स्कूलका प्रिन्सिपल परेश पोखरेलले विद्यालयको भावी योजनाका वारेमा प्रकाश पार्दै स्कुलले कुनै पनि अन्य शैक्षिक संस्थाहरुसंग प्रतिस्प्रधा नगरी गुणस्तरीय शिक्षामा जोड दिएकै कारण छोटो अवधिमै फड्को मार्न सफल भएको जानकारी दिए । उनले स्मार्ट शिक्षा प्रणाली तुरुन्तै लागु गरिने जानकारी समेत दिए । विद्यालयका छात्रा एन्जिला पौडेल र एलिना खतिवडाले सञ्चालन गरेको कार्यक्रम विद्यालयका अध्यक्ष जीतनारायण थापा मगरको सभापतित्वमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्