धनकुटा र मोरङका ट्याक्टरले किचेर तीन जनाको मृत्यु १ घाइते

<span class='c1'>धनकुटा र मोरङका ट्याक्टरले किचेर </span> <span class='c2'> तीन जनाको मृत्यु १ घाइते</span>

विराटनगर, १३ फागुन । धनकुटा र मोरङ जिल्लामा आइतवार भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परि ३ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।

धनकुटाको महालक्ष्मी नगरपालिका-८ याङलाबुङ भन्ने स्थानमा ट्याक्टर दुर्घटना हुँदा  २ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । भित्री सडक खण्डमा ना ४ त ९६५४ नम्बरको ट्याक्टर घुमाउरो वाटोमा ब्याक गरेर  फर्काउने क्रममा अनियन्त्रित भई  सडक देखि १५० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा ट्याक्टर चालक महालक्ष्मी नगरपालिका-८ बस्ने बर्ष २७ को बाल कुमार पुलामी मगर र ट्याक्टरमा सवार बर्ष ११ को अनिल मगरको घटनास्थलमै  मृत्यु भएको हो भने बर्ष ३८ को छबिलाल पुलामी मगर घाइते भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

त्यस्तै मोरङको मिक्लाजुङ गाउँपालिका-९ मधुमल्ला बजारमा ट्याक्टरले किचेर १ महिलाको मृत्यु भएको छ । हिजाे बेलुकी को २ त ६६५० नम्बरको ट्याक्टरले पैदल हिडिरहेकी सोही स्थान बस्ने वर्ष ३२ की माया तामाङलाई  टाउकोमा किचेको थियो । दुर्घटनामा तामाङको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय मधुमल्लाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्