लागूऔषध सहित बर्जुका दुई जना ईटहरीबाट पक्राउ

<span class='c1'>लागूऔषध सहित बर्जुका दुई</span> <span class='c2'>जना ईटहरीबाट  पक्राउ</span>

सुनसरी, १३ फागुन । सुनसरीको ईटहरीबाट प्रहरीले लागूऔषध सहित   २ जनालाई पक्राउ गरेको छ ।

ईटहरी उप-महानगरपालिका-४ श्री कृष्ण पेट्रोल पम्पमा स ७ प २७०० नम्बरको मोटरसाईकललाई शंका लागि चेकजाँच गर्ने क्रममा मोटरसाईकलको पछाडी सवार  बर्जु गाउँपालिका-३ बस्ने बर्ष १९ को बिक्रम कुमार रायलाई पक्राउ परेका हुन् ।  उनको साथबाट प्रहरीले लागूऔषध लुपिजेसिक-५० एम्पुल, एभिल-५० एम्पुल र डाईजेल्याव-५० एम्पुल बरामद गरेको छ ।  मोटरसाईकल र चालक तत्काल फरार भएका थिए । फरार मोटरसाईकल र चालकलाई खोजतलास गर्ने क्रममा साेही गाउँपालिका बस्ने बर्ष ३२ को हेमन्त रायलाई ईटहरी चौकबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्