प्रदेश प्रहरीको भूमिका बढाउन प्रहरी विधेयकमा संशोधन प्रस्ताव दर्ता

<span class='c1'>प्रदेश प्रहरीको भूमिका बढाउन प्रहरी</span> <span class='c2'>विधेयकमा संशोधन प्रस्ताव दर्ता</span>

काठमाडौँ, १४ फागुन । प्रदेश प्रहरीको भूमिका बढाउन प्रहरी विधेयकमा संशोधन प्रस्ताव दर्ता गरिएको छ । प्रदेश प्रहरीको संरचना तथा भूमिका संघीय संरचनाअनुकूल प्रभावकारी बनाउनुपर्ने पक्षमा रहेका सांसदले विधेयकमाथि १ सय ९३ वटा संशोधन हालेका हुन् । प्रतिनिधिसभाका कतिपय सांसद शान्तिसुरक्षाका लागि प्रदेश सरकारलाई भूमिका दिनुपर्ने तथा जिम्मेवार बनाउनुपर्ने पक्षमा छन् ।

सरकार मातहत रहेका प्रमुख जिल्ला अधिकारीलाई नभई प्रदेशको आन्तरिक मामिला मन्त्रालयलाई प्रदेशभित्रका जिल्लाको सुरक्षाको जिम्मेवारी दिनुपर्ने पक्षमा छन् । प्रदेश सरकारले नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन, सुपरिवेक्षण र समन्वय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संरचनाअनुकूल नभएको भन्दै विरोध जनाउँदै आएका छन् । विधेयक गत महिना गृह मन्त्रालयले प्रतिनिधिसभामा दर्ता गराएको हो । कान्तिपुर दैनिका खबर छापिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्