विराटनगर, १४ फागुन ।
विराटनगरको कोशी प्रोजेक्ट स्थित श्री सिद्धेश्वर महादेव मन्दिरको जिर्णोद्धार तथा पुनःनिर्माणका लागि श्रीमद्भावगत सप्ताह सुरु भएको छ ।
श्री सिद्धेश्वर महादेज मन्दिर मुल समारोह समितिको आयोजनामा सप्ताह धन – धान्याञ्चल ज्ञान महायज्ञ सुरु भएको हो । श्री सिद्धेश्वर महादेव मन्दिरमा यस वर्षको महाशिवरात्रीको पावन अवसरमा फागुन १३ गतेदेखि आगामी २० गतेसम्म श्रीमद्भागवत सप्ताह शुरु भएको हो ।
श्रीमद्भागवत सप्ताह युवा पण्डित श्याम पौडेलको मुखारविन्दबाट संकिर्तनमय कथा वाचन भईरहेको मुल समारोह समितिका संयोजक कृष्ण बहादुर ओझाले जानकारी दिए । विराटनगर १२ र १३ मा रहेको श्री सिद्धेश्वर महादेव मन्दिरको जिर्णोद्धार , सभाहल र वैदिक कार्य गर्ने स्थान तथा अक्षयकोष स्थापनार्थ श्रीमद्भागवत सप्ताह महायज्ञ लगाईएको प्रचार प्रसार संयोजक सुरज दाहालले जानकारी दिए ।
श्रीमद्भागवात सप्ताहमा दैनिक भजन, किर्तन, आरती, १५ गते देखि शिव चरित्र, नृसिंह झाँकी, वामन अबतार उत्सव, कृष्ण जन्मोत्सव, मखन चोरी, गोर्वद्धन पुजा, कृष्ण रुकमणी विवाह, लाखवत्ति र अन्तिमदिन महाशिबरात्रीको दिन विशेष पूजाका साथ कथा विश्राम धुनी जागरण गरिने आयोजकले जनाएको छ ।