रुपन्देहीमा भारतीय नागरिकलाई जिउँदै जलाउने प्रयास

<span class='c1'>रुपन्देहीमा भारतीय नागरिकलाई</span> <span class='c2'>जिउँदै जलाउने प्रयास</span>

 बुटवल, १४ फागुन । रूपन्देहीको शुद्धोधन गाउँपालिमा एक भारतीय नागरिकलाई जिउँदै जलाउने प्रयास भएको घटना बाहिर आएको छ ।

शुद्धोधनस्थित दानव नदीमा मजदुरी गर्दै आएका भारतीय नागरिक शिशु धवालाई गएको आइतबार मदिरा सेवन गरी स्थानीय तीन जना युवाहरुले जलाउने प्रयास भएको घटना बाहिर आएको हो । घटना आइतबार राति १० बजे भएको हो । उनी नदी किनारामा टहरामा सुतिरहेको अवस्थामा तीन जना युवाहरूले जलाउने प्रयास गरेका बताइएको छ ।

इलाका प्रहरी कार्यालय, बुटवलमा प्रमुख डिएसपी डिलबहादुर मल्लले उनलाई जलाउने भन्दा पनि चोर भनेर युवाहरूले कुटपिट गरेको बताए ।उनले भने, ‘शिशु धवालाई चोर भनेर युवाहरूले कुटपिट गरेका रहेछन् । उनको झोला जलाउँदा उनको पछाडिपट्टीको केही भाग जलेको रहेछ । प्रहरीले उनलाई बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गरेको हो ।’

अस्पतालमा भर्ना गरिएका उनी मंगलबार बिहानदेखि वेपत्ता भएका छन् । उनी कहाँ गए भन्ने प्रहरी समेत बेखवरले घटना रहस्यमय बनेको छ । घटनामा संलग्न दुई जना महेन्द्र मल्लाह र गणेश गुप्तालाई पक्राउ गरी इलाका प्रहरी कार्यालयमा राखिएको मल्लले जानकारी दिए । स्थानीय नगेन्द्र केसीले जुन देशको नागरिक भए पनि दोषीलाई कडा कारवाही हुनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्