मिस धिमालको फाइनल उर्लाबारीमा ,२० युवती बिच प्रतिष्पर्धा हुने

<span class='c1'>मिस धिमालको फाइनल उर्लाबारीमा ,२०</span> <span class='c2'> युवती बिच प्रतिष्पर्धा हुने</span>

उर्लाबारी १४ फागुन ।
मोरङको उर्लाबारीमा यही फागुन १७ गते देखि मिस धिमाकाे फाईनल हुने भएकाे छ।  उर्लाबारीको न्यु भिजन एकाडेमिमा मिस धिमाल २०१९ को फिनाले बारे मंगलबार पत्रकार सम्मेलन गरी  प्रतियाेगिता बारे जानकारी गराएको हाे ।

अल्पसंख्यक धिमाल समुदाय भित्र रहेको धिमाल किशारीहरुकाे प्रतिभा प्रष्फुटन तथा क्षमता अभिबृद्धि गर्ने उद्देस्यले मिस धिमाल २०१९ आयोजना गरिएको हो । ५० जनाले अडिसन दिएकाे मध्ये २६ जना छनौट भएका थिए । छनौट हुनेक्रममा फाइनलमा विभिन्न क्षेत्रका २० जना युवती बिच प्रतिष्पर्धा हुने  छ । मिस धिमालको ताज रनिङ रहने आयाेजकले जनाएकाे छ । ताज  चाँदीबाट निर्माण गरिएको हो । मिस धिमाल विजेताले नगद १ लाख लगायत अन्य पुरस्काहरु, फस्ट रनरअपले ५० हजार नगद लगायत अन्य पुरस्काहरु, सेकेण्ड रनरअपले ३० हजार नगद लगायत अन्य पुरस्काहरु प्रदान गरिने संयोजक सुनिल धिमालले जानकारी दिए ।    मिस ट्यालेन्ट, पब्लिक च्वाइस, मिस क्यटवाक, मिस एक्टिभ, मल्टिमिडिया एवार्ड, मिस प्रस्नालिटी, मिस फोटो जेनिक, बेष्ट स्माइल लगायत आठ वटा सव टाइटलमा नगद सहित पुरस्कार दिईने  आयोजकले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्