विराटगरको डिएभी स्कुलको बार्षिक उत्सव, खानादेखि खेलकुद स्टलसम्म

<span class='c1'>विराटगरको डिएभी स्कुलको बार्षिक</span> <span class='c2'>उत्सव, खानादेखि खेलकुद स्टलसम्म</span>

बिराटनगर, १४ फागुन ।
सोमबार र मंगलवार विराटनगरमा रहेको डिएभी स्कुलले फरक फक कार्यक्रम देखियो । सोमबार अभिभावक दिवस मनाएको स्कुलले मंगलवार बार्षिक उत्सव मनाएको हो । बिद्यालयले आयोजना गरेको कार्यक्रममा अरुदिन भन्दा बालबालिका खुलेरै रमाईलो गर्दैथिए ।

विद्यार्थीहरु दैनिक पठन पाठन छाडेर अतिरिक्त क्रियाकलापमा देखिन्थे । कोही नृत्य गरिरहेका, कोही अतिथिको स्वागतमा ब्यस्त थिए । कोही बिद्यार्थी गाउँदै थिए, कोही नाच्दै गरेका, निक्कै रमाईलो देखिन्थ्यो बिद्यालयमा ।
बिद्यालयले सोमबार हजुरबुबा र हजुरआमाको सम्मानमा कार्यक्रम आयोजना गरेको थियो । हरेक बर्ष बिभिन्न बिशेष कार्यक्रम गर्दै आएको बिद्यालयले यो बर्ष पनि बार्षिक उत्सवको अवसर पारेर कार्यक्रमको आयोजना गरेकोहो ।

बिद्यालयका प्राचार्य रमेश कुमार मिश्रले दिप प्रज्वलनसँगै बिदालयले बार्षिक उत्व मनाएको हो । कार्यक्रम उद्घाटन पछि विद्यार्थी तथा अभिभावकलाई स्वागत गर्दै प्राचार्य मिश्राले सबैको सहयोगबाट बिद्यालय यो अबस्थासम्म आउन सफल भएकोमा अभिभावकलाई धन्यवाद दिए ।
यो कार्यक्रम विद्यार्थी र अभिभावकको लागि मात्र गरेको बताउँदै बर्षभरी बालबालिकाको पठन पाठन ति अभिभावकसम्म पुर्याउनको लागि कार्यक्रम सफल भएको बताए । बालबालिकाले जानेका प्रतिभा अभिभावक र आम नागरिकमा पुर्याउन यस्ता कार्यक्रम हरेक बर्ष बिद्यालयले गर्दै जाने स्पष्ट पारे ।
सोही अवसरमा बालबालिकाले आफ्ना प्रतिभा देखाएका थिए । कार्यक्रममा विभिन्न खाना तथा खेलकुदका स्टलहरु राखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्