‘प्रदेश र स्थानीय तहको अधिकार खोसिएको छैन’

<span class='c1'>‘प्रदेश र स्थानीय तहको</span> <span class='c2'>अधिकार खोसिएको छैन’</span>

विराटनगर, १४ फागुन। कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले सरकारले प्रदेश र स्थानीय तहको अधिकार नखोसेको बताएका छन् ।  आज दिउँसो बेलवारी नगरपालिका–११ मा चौलागाईं प्रतिष्ठान नेपालद्वारा आयोजित महायज्ञको उद्घाटन गर्दै उहाँले सङ्घीय सरकारले प्रदेश र स्थानीय तहको अधिकार खोस्यो भन्ने हल्ला मात्र रहेको बताए ।

मोरङ क्षेत्र नं ३ का सांसदसमेत रहेका उनले नेपालमा पर्यटनको सम्भावना हुँदाहुँदै पनि केही गर्न नसकिएको बताए । बाह्य पर्यटकलाई भनेजस्तो भित्र्याउन नसकिएको उल्लेख गर्दै पर्यटकका लागि बस्ने ठाउँ तथा अन्य सेवासुविधा नभएका कारण घुम्न नआउने गरेको बताए ।

प्रदेश नं १ मा सगरमाथादेखि पाथीभरासम्म भए पनि बाह्य पर्यटलाई राख्ने होटल तथा स्थानीय परिकारका खानालगायत अन्य संरचना विकास गर्न नसकिएको उल्लेख गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्