सिरहामा स्थानीयबीच झडप, आठजना घाइते

<span class='c1'>सिरहामा स्थानीयबीच झडप,</span> <span class='c2'>आठजना घाइते</span>

सिरहा, १५ फागन । सिरहाको नरहा गाउँपालिका–३ खोरिया टोलमा स्थानीयबीच झडप हुँदा आठजना घाइते भएका छन् ।

घाइते हुनेहरुमा अबदुल रहमान, सुलुकन खातुन, फिरोज अन्सारी, मोहमद अन्सारी, तलसिन राईन र फलटेन खातुन रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । उनीहरुको चोहर्वा र गोलबजारका अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार धेरैजसो घाइतेहरुको टाउकोमा चोट लागेको छ ।

प्रहरीका अनुसार सोही गाउँका हफिम मियाँ र जुबेर मियाँको छोरी ३० वर्षीया रतन खातुनबीच आपसी वादविवादबाट सुरु भएको झगडाले ठूलो रुप लिएको थियो । अन्ततः गाउँमा दुई राजनीतिक पक्षमा विभाजित भइ झडप भएको हो । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपी माधवराज खरेलका अनुसार झडपमा कुटपिट गर्ने व्यक्तिहरु फरार छन् । प्रहरीले उनीहरुको खोजी कार्य जारी राखेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्